पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. ३ मुत्तीचौक, वनेम टोल, सेवारोचौकका घरघरमा खानेपानी बिस्तार भएपछि स्थानियहरुको खुसी भएका छन ।
पथरी खानेपानी तथा सर सफाई उपभोत्ता समिति, हरियाली सामुदायिक वन उपभोत्ता समुह र पथरी शनिश्चरे नगरपालिका वडा न. ३ वडा कार्यालयले संयुत्त सहकार्य गरेर खानेपानी बिस्तारको काम गरेकाले स्थानिय खुसी भएका हुन ।
वडा न. ३ कार्यालयको लगानीमा पाइपालाइन बिस्तार गर्न ड्रेन खन्ने काम गरिदिएको, हरियाली सामुदायिक वन उपभोत्ता समुहले आफना उपभोत्तालाई ५० प्रतिशत छुटमा मिटर छुट गराएको र पथरी खानेपानी तथा सरसफाई उपभोत्ता समुहले मेन लाइन पाइपलाइन विस्तार गरिदिएको थियो ।
अहिलेसम्मा करिब ५० घरधुरीले पानीधारा जडान गरिसकेको स्थानिय अगुवा गोबिन्द वनेमले जानकारी दिए । खानेपानी विस्तारको कामले करिब १ सय ५० घरधुरी लाभन्वीत भएको वनेमको भनाई रहेको छ ।
धारा जडान गर्न बाँकी रहेकाहरुले छिमेकीको धाराबाट पानी ल्याएर प्रयोग गर्दै आइरहेको स्थानियको भनाई रहेको छ । वनेम टोल सेवारोटोल लगायत आसपासमा कलको पानी रातो आउने हिउँदाको सिजनमा पानीको कारण काकाकुलको अवस्था भोग्दै आएको तर धारा जडान भएपछि आफुहरुलाई खुसी लागेको स्थानियको भनाई रहेको छ ।
आफना उपभोत्ताको हितको लागी नै सामुदायिक वनले निर्णय गरेर खानेपानी सरसफाई उपभोत्ता समितिसंग समन्वय र सहकार्य गरेको हरियाली सामुदायिक वन उपभोत्ता समुहको अध्यक्ष काबुलबहादुर मगरले बताए ।
यसरी सहकार्य गरेपछि खानेपानीको लाइन बिस्तारको काम तिब्र गतीमा अगाडी बढाइएको र मागलाई आपूर्ती गर्न लागी परेको पथरी खानेपानी तथा सरसफाई उपभोत्ता समितिका अध्यक्ष जय बिष्टले बताए ।
पानीको अभावलाई थेग्नको लागी जेनेटर खरिद गर्न पथरी शनिश्चरे नगरपालिकाको ७ लाख रुपैयाँ र उपभोत्ता समितिको ३ लाख रुपैयाँ गरि जम्मा १० लाखको लागतमा जेनेरेटर खरिद गर्ने कामको प्रकृयामा रहेको उपभोत्ता समितिका सचिव महेन्द्र राईले बताए ।

तपाईको प्रतिक्रिया