
पथरी । पथरी शनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को बजेट नीति तथा कार्यक्रम तयारीको लागी सुझाव संकलनको कार्यक्रम गरिरहेको छ ।
हिजो मंगलबार नगरपालिकाको सभाहलमा पथरी शनिश्चरे नगरपालिकाको बिभिन्न संघसस्थाहरुको सहभागितामा छलफलको कार्यक्रम संचालन गरेको थियो भने आज बुधबार प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा सुझाव संकल गरेको हो ।
नगर प्रमुख मोहन तुम्बापो, उपप्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकिय अधिकृत शशी राई, लेखा शाखा प्रमुख पिताम्वर वस्ती सहितले सुझावको नोटिस गरिरहेका छन । संकलन भएको उचित सुझावहरुलाई कार्यपालिकाको बैठकमा पेश गर्ने उदेश्यले सुझावहरु संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले बताए ।
सुझाव संकलनको काम भोली बिहीबार राजनितिक दलको प्रतिनिधीहरुबाट पनि सुझाव लिने कार्यक्रम रहेको जनाइएको छ ।
विकास निर्माण, शैक्षिक सुधार, स्वास्थ्य संस्था सुधार तथा स्तर उन्नती, कृषि तथा पशुपंक्षी पालनको लागी दिर्घकालिन लगानी लगायतका विषयमा सुझवहरु संकलन भइरहेको छ ।







