पथरी । आज बुधबार पथरी शनिश्चरे नगरपालिका कार्यालयको सभाहलमा आर्थिक वर्ष २०८१÷०८२ को बजेट नीति तथा कार्यक्रमको लागी राजनीतिक दलका नेताहरुसँग परामर्श गरेको छ ।
संविधानसभा सदस्य लालबहादुर सुस्लिङ, पथरी शनिश्चरे नगरपालिकाका पूर्व प्रमुख दिलिप कुमार राई, नेपाली कांग्रेसका रुपनारायण भट्टराई, नेकपा एकीकृत समाजवादीका तुलसी ढकाल, नेकपा माओवादी केन्द्रका गोविन्द कटुवाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ध्रुव कुमार साम्सोहाङ परामर्श गरेको हो ।
सोमबार स्थानिय संघ संस्थाको नेतृत्व संग, मंगलबार संचारकर्मीहरुसंग छलफल गर्दै परामर्श लिने काम सम्पन्न गरेको थियो ।
बजेट, नीति तथा कार्यक्रममा सबैको आवश्यक सुझाव सल्लाह समेटदै कार्यपालिका बैठकमा पेश गर्ने उदेश्यले परामर्श कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।
आजको कार्यक्रममा नगर प्रमुख मोहन तुम्बापो, उपप्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई, योजना शाखा प्रमुख लुकनाथ पोखरेल पूर्व संविधानसभा सदस्य लालबहादुर सुस्लिङ, पूर्व नगर प्रमुख दिलिपकुमार राई, नेपाली कांग्रेसका रुपनारायण भट्टराई, नेकपा एकीकृत समाजवादीका तुलसी ढकाल, नेकपा माओवादी केन्द्रका गोविन्द कटुवाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ध्रुव कुमार साम्सोहाङले सहभागिता जनाएका थिए ।
लेखा अधिकृत पिताम्बर वस्ती, लेखा सहायक गुणराज थापा लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया