
भोजपुर । रुसी सेनामा कार्यरत पौवादुङमा गाउँपालिका– वडा न. ३ च्याङग्रे भोजपुरका एक युवाको मृत्यु भएको छ । करिब ६ महिना अघि रुसी सेनामा भर्ती भएका वर्ष ३५ का प्रितम राई ‘निरन’ को गत शनिबार मृत्यु भएको हो ।
गत भदौ अन्तिमतिर घरबाट बैदेशिक रोजगारीका लागी हिंडेका थिए । बैसाख २० गते सैनिक हमलामा परी उनको मृत्यु भएको मृतकका जेठा दाजु किरण राईले सामाजिक संजालमा उल्लेख गरेका छन । वैशाख २२ गते परिवारलाई सुचना आएको परिवार स्रोतले जनाएको छ । उनका जेठा दाजु किरण राई पौवादुङमा गाउँपालिकाका अध्यक्ष पनि हुन् ।






