विराटनगर । हिजो बिहिबार रंगेली नगरपालिका–९ दोहमनाबाट नेपाली नक्कली नोट सहित १ जना महिला पक्राउ परेकी छिन ।
इलाका प्रहरी कार्यालय रंगेलीले बिशेस सुचनाको आधारमा छापा मार्दा सुनवर्सी नगरपालिका–५ टकुवा बस्ने वर्ष ४० की कुरेसा खातुनलाई पक्राउ गरेको हो ।
खातुनको साथबाट ५ सय दरका १८ थान (नौ हजार) नेपाली नक्कली नोट सहित बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकी उनलाई प्रहरीले हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको जानकारी दिइएको छ ।

तपाईको प्रतिक्रिया