पथरी । सौचालय सफाई तथा फोहोर मैला ब्यवस्थानमा मुख्य भूमिका निभाउदै आएका छेदी मल्लीक हाल पथरी शनिश्चरे नगरपालिकाको सफाई कर्मचारी हुन । उमेरले ५५ वर्ष पुगेका छेदीले पथरी बजार सफाई गर्न थालेको करिब २८ वर्ष पूरा भयो ।
छेदीको पुर्खादेखी नै हाट बजार सरसफाई र सौचालय सोहर्नु मुख्य पेशा रहेको बताउँछन । सडेगलेका लासहरुलाई धेरै पटक आफ्नो हातले नै ब्यवस्थापन गरेको अनुभव छेदीसंग छ ।
सडकमा दुरघटनामा परेर मृत्यु भएका पशुचौपाय देखी सार्वजानिक सौचालय सफाइको काममा छेदीको श्रीमती प्रमिला मरिक डुम सघाउने गरेको बताउछिन ।
यसको आलवा उनिहरु ढाकी पङ्खा बुनेर थप आर्थिक उपार्जन गर्ने गरेको बताउछन । उनिहरुलाई सम्मानित भाषाले नबोलाउदा चित्त दुख्ने गरेको मनोभाब बुझन सकिन्छ । आजसम्मा बजार सफाइ गरे बापत कसैले पनि धन्यबादसम्मा नभनेको अनुभव छ ।
सार्वजानि सौचालयमा दिसा÷पिसाव गरेर हप्काउदै पैसा समेत दिन नमान्दा रिस उठने बताउँछन ।

तपाईको प्रतिक्रिया