
विराटनगर । नोवेल मेडिक टिचिङ अस्पताल विराटनगरले मे १२ अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसमा बिविध कार्यक्रम गरि भब्य रुपमा मनाएको छ ।
हिजो आइतबार नर्सिङ्ग सेवामा आवद्ध सम्पूर्ण नर्सिङ्ग कर्मचारीहरु, नर्सिङ्ग विषयका सवै तहका विद्यार्थीहरुले भब्य रुपमा मे १२ अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस मनाएको हो ।
नोवेल अस्पतालको सभाहलमा आयोजित कार्यक्रममा नर्सिङ्ग फ्याकल्टीहरु, नर्सिङ्ग इन्चार्जहरु, नर्सिङ्गका सवै कार्यक्रम तथा वर्षका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्राचार्य प्रा. डा. रामहरी घिमिरे, नायव प्रमुख कार्यकारी अधिकृत डा. विश्वनाथ अधिकारी, नायव अस्पताल निर्देशक डा. मुक्ति आचार्य, महाप्रवन्धक दिपेश राई, नर्सिङ्ग निर्देशक (शैक्षिक कार्यक्रम) रामेश्वरी सिंह, नर्सिङ्ग निर्देशक (क्लिनिकल सर्भिस) प्रतिक्षा त्रिपाठी, प्रसुती तथा स्त्री रोग विशेषज्ञ प्रा. डा. सिता पोखरेलले आफ्नो मन्तव्य राख्दै शुभकामना व्यक्त गरेका थिए ।
विद्यार्थीहरुलाई नर्सिङ्ग फ्याकल्टीद्वारा द्वीप प्रज्वलन तथा सफत ग्रहण गराईएको थियो । विद्यार्थीहरुले संचालन गरेको उक्त कार्यक्रममा विद्यार्थीहरुले साँगितिक प्रस्तुती पनि गरेका थिए ।
अन्तर्राष्ट्रिय नर्सिङ्ग परिषदले सन् १९७४ बाट फ्लोरेन्स नाइटिङ्गेलको सम्मानमा उनको जन्म दिनलाई अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको रुपमा मनाउने निर्णय गरे यता हरेक वर्ष मे १२ का दिन एउटा फरक नाराका साथ अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस मनाइने गरिएको छ । यस वर्ष “हाम्रा नर्सहरु, हाम्रो भविष्य , हेरचाहको आर्थिक शक्ति” भन्ने नाराका साथ मनाइएको छ ।








