
विजय खम्बु
पथरी । सुरेन्द्र तुम्वापोले नेपाल जनपद प्रहरीमा सेवा गरेर अवकासप्राप्त पछि अहिले डोजाङ सितोरियो कराते खेल प्रशिक्षणमा ब्यास्त छन ।
पथरी शनिश्चरे नगरपालिका वडा न. ३ का बासिन्दा तुम्वापो पथरी शनिश्चरे १ को पंचायत मावि, वडा न. ७ को चन्द्र किरातेश्वर मावि, वडा न. ५ को अंमरसिङ मावि, वडा न. ३ को श्रीजङगा बजार र उर्लाबारी नगपालिकाको श्री आदर्श निमाविमा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका हुन ।
५० वर्ष उृमेर पुगेका सुरेन्द्र तुम्वापो अहिले पथरी करोते एकेडेमीका अध्यक्ष हुन भने पथरी शनिश्चरे नगरपालिका सितोरियो कराते तर्फको प्रमुख प्रशिक्षक छन ।
विहान बेलुकाको समयमा ९० जना प्रशिक्षर्थीहरुलाई प्रशिक्षण गराउनमा ब्यास्त हुने गरेको तुम्वापोको भनाई रहेको छ । खेलकुद क्षेत्रमा सितोरिया कराते खेल प्रर्दशनको दृश्य रोचक हुन्छ ।
पथरी शनिश्चरे नगरपालिकाले आयोजना गरेको खेलकुद महोत्सवमा डोजाङ सितोरियो कराते खेल बिधा लिएर खेलाडीहरुको उल्लेख्य सहभागिता रहेको थियो । नगर क्षेत्रमा हाल ३ सय भन्दा बढी कराते खेलाडीहरु रहेको अनुमान गर्न सकिन्छ ।
मुख्यत आत्मारक्षा कलाको रुपमा रहेको सितोरियो कराते अन्तराष्ट्रिय जगतमा ब्यवसायिक खेलको रुपमा मञ्च पाइरहेको सुरेन्द्र तुम्बापोको भनाई रहेको छ । राष्ट्रको प्रतिनिधीत्व हुने गरि खेलबिधामा इमान्दार भएर खेल्दा खेलाडीको भविष्य उज्वल रहेको तुम्वापो बुझाई रहेको छ ।
धेरै प्रतियोगिताहरुमा सहभागी भएर गोल्डमेडलिष्ट भएका सुरेन्द्र तुम्वापोले १० वर्षे जनयुद्धको क्रममा बालबाल बँचेका ब्यत्ती हुन । रोल्पाको घर्तीगाँउ, थवाङ, सप्तारी, र इलाम जिल्लामा भएको दोहोरो भिडन्त अनुभव सुरेन्द्र तुम्वापोसंग रहेको छ । युद्धका क्रममा गोली लागेर घाइते भएका तुम्बापोको शरिरमा बमका छिटाहरुको खत अहिलेपनि बोकेर हिंडीरहेका छन ।






