
डा. ब्रमिस बुढाथोकीलाई बाटो ढुकेर हातापात गर्नेहरुलाई कानुनी कारबाहीको माग गर्दै ओपिडि सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरु ।
पथरी । मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत डा. ब्रमिस बुढाथोकी माथी हातपात गर्ने ३ जना युवाहरुलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले अभद्र ब्यावहार अन्तरगतको मुद्धा दर्ता गरेको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देबेन्द्र दासले जानकारी दिए अनुसार स्थानियहरु सानु रोक्का, सुमन श्रेष्ठ र पिपल राज गिरीलाई अभद्र ब्यावहारको मुद्धा दर्ता गरेको हो ।
गत जेठ ३ गते बिहीबार ३ जना युवाहरुले डा. ब्रमिस बुढाथोकी काम सकेर खाजा खान क्यान्टीन जाने क्रममा बाटो ढुकेर गाली गलौज गर्दै हातपात गरेका थिए ।
हाल ३ जना युवाहरु फरार रहेको र खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक देबेन्द्र दास बताए
डा. बुढाथोकीमाथी बाटो ढुकेर हातपात गर्नेहरुलाई पक्राउ गरि कानुनी दायरामा ल्याउनु पर्ने माग गर्दै मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत स्वास्थ्यकर्मीहरुले आज ओपिडि सेवा बन्द गरेर बिरोध गरेका छन ।
आन्दोलनरत स्वास्थ्यकर्मीको मागलाई सम्बोधन नगरेमा ११ गते शुक्रबार पनि ओपिडि सेवा बन्द गरेर बिरोध गर्ने बताइएको छ ।
अस्पतालका मेसु डा. योगेस मण्डलका अनुसार प्रहरीले चाडो पक्राउ गरेर कानुनी दायरामा ल्याए राम्रो हुने टेलिफोनमा बताए ।






