
पथरी । सुनाखरी युवा क्लवले विगत १५ दिनदेखी संचालन गर्दै गरेको पथरी शनिश्चरे मिनि महोत्सव २०८१ बन्द गर्न माग गर्दै निवेदन परेको छ ।
दिपक राई सहितको स्थानियबासीले पथरी शनिश्चरे नगरपालिका कार्यालयमा १५ दिनदेखी संचालनमा रहेको पथरी शनिश्चरे मिनी महोत्सव बन्द गर्न मागर्दै निवेदन दिएका हुन ।
बैसाख २८ गतेबाट पथरी शनिश्चरे जाँतेमोडमा संचालित पहिलो पटकको अनुमती सम्पन्न भएर पुनः देस्रो पटक महोत्सव संचालन हुँदै आएको थियो ।
मेला रातीको समयमा संचालन गरिरहेको हुँदा स्थानियहरु प्रभावित भएको उल्लेख गर्दै हिजो जेठ ९ गतेदेखी नै मेला बन्द गरिदिन निवेदन अनसार पथरी शनिश्चरे नगरपालिका प्रमुख मोहन तुम्बापोले जिल्ला प्रशासन कार्यालय मोरङलाई सिफरिस गरिदिन तोक आदेश दिएका छन ।
सुनाखरी खेलकुद ग्राउण्डको स्तर उन्नती गर्ने भन्दै सुनाखरी युवा क्लवले यो सहित पाँचौ पटक बिभिन्न स्थानमा मिनी महोत्सव संचालन गर्दै आइरहेको छ । यता महोत्सव आयोजक समितिको सदस्य जोन सुब्बाको अनुसार अब १० दिनको समय थप गरिएको आफुलाई जानकारी आएको टेलिफोन सम्र्पकमा बताए ।
आधिकारिक रुपमा बन्द गर्न निर्देशन आए आफुहरुले बन्द गर्ने सुब्बाले बताए । मेला ठेकेदार कम्पनीसंग सम्र्पक हुन सकेन ।






