
पथरी । पथरी शनिश्चरे नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत शशि राईले सबै कर्मचारीहरु एक भएर लाग्न आग्रह सहित निर्देशन दिएका छन ।
आज आफनो मातहतमा कार्यरत शाखा प्रमुखहरू सहितको बैठकमा प्रमुख प्रशासकीय अधिकृत राईले सबै कर्मचारीहरु एक भएर लाग्दा कामलाई छिटो छरितो रुपमा सम्पन्न गर्न सकिने भएको भन्दै आग्रह सहित निर्देशन दिएका हुन ।
उत्त बैठकमा सम्पूर्ण शाखाका प्रमुखहरु सहित योजना, सम्पन्न हुन बाँकी योजना र आगामी दिनहरुमा योजनालाई चुस्त दुरुस्त कसरी बनाउन सकिन्छ भन्ने लगायतका विषयमा घनिभूत छलफल भएको थियो ।
शाखा प्रमुखहरुले आ–आफ्ना कार्य विवरणहरु प्रस्तुत गरेका थिए ।






