
विराटनगर । नोबेल मेडिकल टिचिङ अस्पताल विराटनगर र काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) मा साउन १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको छ ।
२०८१ साउन १ गतेबाट नोबेल र केएमसी सहित दुवै अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको हो ।
अस्पतालका प्रबन्धक नारायण प्रसाद दाहालले जानकारी दिए अनुसार शुक्रबार भएको सम्झौता अनुसार नोबेल अस्पतालका सीईओ डा.भोगेन्द्र प्रसाद उपाध्याय र केएमसीका प्रिन्सिपल प्राडा रतेन्द्रनाथ श्रेष्ठले हस्ताक्षर गरेका छन् । नोबेल र केएमसी अस्पतालले पछिल्लो समय उच्चस्तरीय सेवा दिइरहेको छ । भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर समेत संचालन गर्दै आएको छ ।






