
विराटनगर । नेवेल मेडिकल कलेज टिचिङ हस्पीटल विराटनगरमा एक १७ वर्षकी किशोरीको बे्रनएन्यूरिजमको सफल सल्यक्रिया भएको छ ।
माई नगरपालिका इलामकी १७ वर्षिय बन्दना पोख्रेलको बे्रनएन्यूरिजमको सफल सल्यक्रिया नोवेल मेडिकल कलेज शिक्षण अस्पतालमा सफल सल्यक्रिया भएको हो ।
केही समय अगाडी घरको काम सकेर दिउसोको समयमा आराम गरेकी बन्दनालाई बेहोस अवस्थामा भेट्टाए पछि उपचारको लागी झापाको एक अस्पतालमा उपचार गराउन ल्याएपनि सफल हुन नसकेपछि नोवेल नोवेल अस्पताल विराटनगरमा ल्याएका थिए ।
नोवेल अस्पतालमा दक्ष जनशत्ती, प्राविधिक टोली र प्रविधीहरु रहेकोले आफनो छोरीको सफल उपचार भएको बन्दानाका बाबु हरिकृष्णा पोख्रेलले बताए ।
हरिकृष्णले डा. प्रकाश कार्की र डा. प्रमोद चौधरीको टिम आफनो छोरीको लागी भगवान सावित भएको भन्दै खुसी ब्यात्त गरे ।
बन्दनाको उपचारमा सल्यक्रियाको नेतृत्व गरेका डा. प्रकाश काफलेका अनुसार बन्दनालाई एनोरिजम ब्रेन ह्यामरेज भएको बताएका छन । बन्दनाको उपचारमा संलग्न चिकित्सकहरु सफल भएको प्रतिक्रिया दिदै अव उनि आफै हडडुल गर्न सक्ने भएको अवस्था भएको डा. काफलेले जानकारी दिए ।






