

पथरी । नेकपा एमाले पार्टीेको पथरीशनिश्चरे १० नम्बर वडा अध्यक्ष पद्का बागी उम्मेद्धवारलाई लालटिन चुनाव चिन्ह प्रदान गरेको छ ।
नेकपा एमालेबाट वडा अध्यक्षको पद्को उम्मेद्धवार दाबेदारी रहेकी नेतृ फुयल आचार्यले पार्टीबाट टिकट नपाए पछि उनले बैसाख १२ गतेका दिन स्वतन्त्र उम्मेद्धवारी गरे पछि उनलाई चुनाव चिन्ह लालटिन प्रदान गरेको हो ।
गत निर्वाचन नेकपा एमालेबाट महिला सदस्य निर्वाचित भई कार्यबहाक वडा अध्यक्ष समेत सञ्चालन गरेकी फुयल आचार्य पथरीशनिश्चरे वडा नम्बर १० रिगुवाकी स्थाई बासिन्दा हुन ।
३९ वार्षकी फुयल आचार्यले पथरीखोला डाँसखोला र मोरङगीखोलाको तठबन्धनलाई निरन्तरता दिने सामुदायिक बनहरुसंग समन्वय गरेर विकासको काम अगाडी बढाउदै आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्ने लगायतको योजनाहरु रहेको बताइन ।
निर्वाचन अधिकृतको कार्यालयमा भेटिएकी आचार्यले आफनो प्रतिस्पर्धा नेकपा एमालेसंग नै हुने बताउदै सामाजिक सुरक्षा भत्ता घर घरमा नै लगेर वितरण गर्ने योजना सुनाइन ।






