
पथरी । हरियाली सामुदायिक वन उपभोत्ता समुहको पहलमा सुबिधा सम्पन्न पौडी पोखरी जेठ २५ गतेबाट संचालन हुने भएको छ ।
वन उद्यम तथा पर्यापर्यटन संचालन गरि उपभोत्ताहरुको हितमा रहेर रोजगारी सिर्जना गर्ने उदेश्यले सुविधा सम्पन्न रेष्टुरेन्ट, सभाहल, पिक निक स्थल सहितको पौडी पोखरी संचालन हुने भएको हो ।
३ करोड ५५ लाख रुपैयाँ बराबरको लागतमा निर्माण सम्पन्न भएको समुहले हिजो शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा जनाइएको थियो ।
समूहका अध्यक्ष काबुलबहादुर मगर (विकास) ले पत्रकार सम्मेलनमा बताए अनुसार बोटिङ पोखरी, गेष्ट हाउस, बाल उद्यम, विज्ञान प्रदर्शनी, यलम्बरको मूर्ति लगायत खुल्ला संग्रहलय, भौतिक संरचना निर्माण भइरहेको बताए ।
समुह, उपभोत्ता, स्थानिय मतदाता र ब्यवसायी सहित ८ सय ६१ जना शेयर सदस्यहरुले हरियाली वन पब्लीक लि.को माध्यमबाट लगानी भइसकेको र आगामी वार्षदेखी १६ प्रतिशतको दरले शेयर सदस्यहरुलाई मुनाफा वितरण हुने पनि जनाइएको छ ।
प्रमुख आर्कषणको रुपमा रहेको पौडी पोखरीमा पौडिन आउने हरियाली सामुदायिक वन उपभोत्ता समुहका सदस्यहरुलाई २५ प्रतिशत छुट, रहेको र मासिक, त्रयमासिक अर्धबार्षिक र बार्सिक ग्राहक कार्ड लिन चाहने ब्यात्ती तथा संस्थाको लागी छुट हुने अध्यक्ष मगरले पत्रकार सम्मेलनमा जनाए ।
पौडी खेल्न आउने खेलाडीका लागी हाललाई कष्टम सहित बालबालिकालाई १ सय रुपैयाँ र बयस्कको लागी २ सय रुपैयाँ प्रतिब्यात्ती लिने निर्णय भएको बताइएको छ ।
पत्रकार सम्मेलनमा वन बिज्ञ विष्णु ज्ञवाली, हरियाली वन पब्लीक लि. का अध्यक्ष दिलबहादुर तामाङ, संस्थापक सदस्य भिमबहादुरको बस्नेत लगायतको उपस्थिीती रहेको कार्यक्रम समुहका सचिव निर्मला चौहानले संचालन गरेकी थिइन ।






