पथरी । कला साहित्य प्रवद्र्धन समिति पथरी शनिश्चरे नगरपालिकाले नगर स्तरिय खुला कविता प्रतियोगिता २०८१ आयोजना गर्ने भएको छ ।
समितका अध्यक्ष अमिर राईले जानकारी दिए अनुसार असार १५ गते फाइनल हुने गरि खुला कविता प्रतियोगिताको आयोजना भएको हो ।
असार ५ गते बधबारसम्मा सर्जकहरुले समितिलाई सम्र्पक गरेर आफनो कविता उपलब्ध गराई सक्नुपर्ने सचिव लक्ष्मीप्रसाद फुयलले जानकारी दिए ।
संकलन भएको कविताहरुबाट असार ८ गते उत्कृष्ट २० कविता छनौट गर्ने र सोही दिन भएका उत्कृष्ट १० कविताहरुलाई छनौट गरि स्रष्टाले बाचन पनि गर्नु पर्ने जनाइएको छ ।
गद्य वा पद्य तर्फको १ सय ८० शब्द मात्र हुनुपर्ने र विद्युतिय तथा कुनै संचार माध्यममा प्रकाशन नभएको हुनुपर्ने जनाइएको छ ।
प्रथम चरणको कार्यक्रम होटल मनोहर एण्ड पार्कमा हुने र फाइनल राउण्डको कार्यक्रम असार १५ गते हुने टाइसेटमा उल्लेख छ । असार १५ गते कविता प्रतियोगितामा सहभागी भएर प्रथम, दोस्रो तेस्रो र चौथो हुने कवितालाई नगद १५ हजार, १० हजार र ५ हजार २ हजार रुपैयाँ नगद पुरस्कार प्रमाणपत्र सहित बिविध सास्कृतिक कार्यक्रम समापन गरिने जनाइएको छ । कबिताहरु सर्जकले तलको इमले वा ह्वाटसवमा पठाउनु पर्ने जनाइएको छ ।
phuyallokesh@GMAIL.COM 9842068092

 

तपाईको प्रतिक्रिया