पथरी । पत्रकार गोपाल काफ्लेले साइबर अपराध गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
पथरी शनिश्चरे नगरपालिका १ मोरङ स्थाई बसोबास गरिरहेका पत्रकार काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रबत्ता डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए अनुसार साइबर अपराध गरेको आरोपमा उनलाई पक्राउ गरिएको पुष्टी गरेका छन ।
अदालतको पक्राउ आदेश पश्चात इलाका प्रहरी कार्यालय पथरीको टोलीले उनलाई नियन्त्रणमा लिएर हाल जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी तथा प्रबत्ता ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
अब अदालतमा पेश गरेर उनलाई कारबाही प्रकृया अगाडी बढेको प्रहरीको भनाई रहेको छ ।






