बिद्यालयकी प्रधानाध्यापक कविता तिम्सिना ।
विजय खम्बु
पथरी । पथरी शनिश्चरे नगरपालिका १० मोरङमा रहेको हिरक आधारभुत बिद्यालय नगरपालिका क्षेत्रकै नमुना संस्थाको रुपमा संचालित छ ।
हिरक आधारभूत बिद्यालयमा कक्षा नसरीदेखी कक्षा ८ सम्मा अंग्रेजी माध्यममा पढाई भइरहेको छ । न्यूनतम परिक्षा शुल्क बाहेक अन्य कुनै शुल्क नलिइ बिद्यालय संचालन गर्नु फलामको चिउरा चपाउनु जस्तै हो । तर आजसम्मा सफल नमुना बिद्यालयको रुपमा नै संचालन हुनको यसको श्रेय इमान्दार कर्तब्य बोध भएका बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, कसल ब्यवस्थापनको भूमिका निर्वाह गर्ने प्रधानाध्यपक तथा जिम्मेवार शिक्षक÷शिक्षिका कर्मचारीहरुलाई जान्छ । स्थानिय समुदाय र सकारात्क सोंच राखेर मुल खम्बाको रुपमा उभिनु सक्ने क्षमता भएका अबिभावकहरुको योगदान हुनु राम्रो पक्ष हो ।

बिद्यालयले संचालन गरेको बाल कक्षामा खेलकुद सामग्री सहित अध्ययनरत बिद्यार्थीहरु ।
पथरी शनिश्चरे १० सेवा क्षेत्र रहेको यस बिद्यालयमा बैदेशिक रोजगारी रहेका पूर्व बिद्यार्थी र स्थानिय युवाहरुले आर्थिक सहयोग गर्नु सक्नु सुन्दर पक्ष रहेको प्रधानाध्यापक कविता तिम्सिनाको भनाई रहेको छ ।
’इन्ट्रा फाउण्डेशनले विश्वका जहाँ–जहाँ नेपाली छन् त्यहाँ–त्यहाँ नेपालीको पहिचान र संरक्षण भन्ने नारा सहित काम गर्दै आएको यस संस्थाले ४ जना शिक्षकहरुलाई तलब दिएर बिद्यालयलाई ठुलो मद्धत मिलिरहेको छ ।
यस बिद्यालयमा अध्यानरत बिद्यार्थीहरुलाई दाताहरुको सहयोगमा बिद्यालय पोषाक प्रदान गरिएको प्रधानाध्यापक तिम्सिनाले जानकारी दिइन । स्थानिय सरकार र दाताहरुको सहयोगमा बिद्यालय भवनको रंगरोकन, इ हाजिरीखाता र सिसिटिभी, पुस्ताकालय, कम्प्यूटर कक्षा समेत संचालनमा ल्याइएको छ ।
बिद्यालयमा हरेक शुक्रबार बुक फ्रि फ्राइडे संचालन गर्दै प्रधानाध्यापक तिम्सिनाले जानकारी गराइन । अहिलेसम्मा लेक्चर म्यथडबाट शिक्षा सिकाइको काम भइरहेको र अब प्रबिधीमैत्री रुपमा जाने सोंच र जनशत्ती भएपनि आर्थिक अभावको कारण सफल हुन नसकि रहेको प्रधानाध्यापक तिम्सिनाले बताइन ।

बिद्यालयको बिद्यार्थीहरुको तस्वीर
संस्थापक अध्यक्ष जितबहादुर गिरी टंक सम्बाहाम्फे, जीवन खतिवडा, स्वा. हरिबहादुर कुरुङबाङ, इन्द्रकुमारी काङबा, केशव कुरुङबाङ, डम्बर पाहिम, टेकेन्द्र काङबा, स्वा. रामचन्द्र भट्टराई र संस्थापक प्रधानाध्यापक स्वा. रामबहादुर कार्की लगायतहरुले २०४५ सालमा स्थानिय शैक्षिक अभियान्ताहरु स्थापना गरेको हालका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुमन कुरुङबाङले जानकारी दिए ।
२०७९ पौष २० गतेबाट यस बिद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हालेर आएपछि कबिता तिम्सिनालाई सबै ठाँउहरुको सकारात्मक सहयोग मिल्नु बिद्यालयको सफल हुनु पनि हो । २०४३ बैसाख ३ गते ताप्लेजुङको थेचम्बुमा जन्मीएकी प्रधानाध्यापक तिम्सिना अंग्रेजी विषयमा स्नातकोत्तर गरेकी छिन । यति सफलता प्राप्त गर्नु बिदाको दिन नभनी खटिएको हुनाले सम्भव भएको र घर बिदा बस्दा वा आफनो काममा बाहिरा जाँदा पनि बिद्यालयकै चिन्ता हुने गरेको अनभव रहेको प्रधानध्यापक तिम्सिनाको भनाई रहेको छ ।

बिद्यालयको गेट ।

तस्वीरहरु तिम्मा न्यूज

तपाईको प्रतिक्रिया