
बिद्यालयको संस्थापक प्रधानाध्यापक रिता कुमारी धिमाल ।
विजय खम्बु
पथरी । पथरी शनिश्चरे नगरपालिका ९ मोरङमा रहेको आदर्श सिता आधारभूत बिद्यालय संचालनको लागी तिहारमा देउसी भैलो कार्यक्रमको आयोजना स्थानियहरुले गर्दछन । विगत ३ वर्ष अगाडीदेखी वार्षिक रुपमा देउसी भैलो कार्यक्रमबाट संकलन भएको दान तथा भेटी विाद्यालयले आर्थिक स्रोत जुटाउने माध्यम बनेको छ भन्दा धेरै जनालाई पत्यार लाग्दैन । तर यथार्थ हो । यस वर्षको तिहारमा देउसी भैलो खेलेर १ लाख ३६ हजार रुपैयाँ संकलन भएको थियो ।
२०६३ सालमा स्थापना सन्तोष कठायत अध्यक्षतामा पुष्प बहादुर पौडेल, दान बहादुर लिम्बु, शान्तिराम खड्का, मिना बस्नेत, मालती अधिकारी, तारदेवी बस्ने, राम बहादु बिक, अमृत धिमाल, ढुण्डीराज भट्टराई, पदम गुरुङ, खगेन्द्र कार्की, नन्द बहादुर मगर, राज कुमार राई, हिक्मत अधिकारी, अर्जुन भट्टराई, सदस्य तथा भरतराज दाहाल सदस्य सचिव रहेर यो विद्यालयको स्थापना भएको थियो ।

संस्थापक अध्यक्ष सन्तोष कठायतले बिद्यालयलाई १ कठठा २ धुर जग्गा दान गरेकोृ स्थानमा सिता छधारे सामुदायिक वन उपभोत्ता समुहले उपलब्ध गराएको काठको तत्ताले घेराबार गरेर २०६३ जेठ ११ गतेबाट औपचारिक रुपमा बिद्यालयको स्थापना भएको थियो । स्थापनाकालमा १३० जना बिद्यार्थीहरु थिए ।
अहिले बिद्यालयले भोगचलन गरिरहेको ३ कठठा जग्गा ५० हजार रुपौयाँमा खरिद गरेर केही माथी डाँडोमा सारेर भौतिक संरचना निर्माण गरिएको प्रधानाध्यापक रिता कुमारी धिमालले बताइन । पर्याप्त भौतिक संरचना नभए पनि भएकोलाई ब्यवस्थापन गर्दै चलाउदैछौं, प्र.अ. धिमाल भन्छिन ।
यस विद्यालयमा केही वर्ष आगाडी राजनिति अस्थीरताको सिकार भएको देखिएको थियो । तर अहिले त्यस्तो नभएको स्थानियहरु बताउछन ।

यस बिदालयको संस्थापक प्रधानाध्यापक रहेकी रिता कुमारी धिमाल २०६७ मंसिर ३ गते राजिनामा दिनु पर्ने अवस्था आएको थियो । २०७५ जेठ १ गतेबाट पुनः विद्यालयको प्रधानाध्यापक नियुत्त भएर हालसम्मा कार्यसंचालन गरिरहेकी छिन ।
२०६७ मंसिर ३ गते देखी २०७५ बैसाख मसान्तसम्मा प्रधानाध्यापकबाट राजिनामा गरेपछि बालशिक्षिकाको रुपमा रहेर काम गरिन । यस बिद्यालयमा महिनाको ११ सय रुपैयाबाट काम सुरु गरेकी धिमाल २०७५ चैत्र ९ गतेबाट प्रधानाध्यापकमा नियुत्त भएकी हुन । अहिले प्राबि स्थाई दरबन्दी हुन ।
हाल बालकक्षादेखी कक्षा ६ सम्मा संचालनमा छ । यस वर्षदेखी कक्षा ६ संचालनमा आएको हो । अहिले १ सय ५ जना बिद्यार्थीहरु छन । भौतिक संरचनाको अभावको कारणले गर्दा धेरै बिद्यार्थीहरु पठनपाठन गराउन सक्ने अवस्था नभएको प्रधानाध्यापक धिमाल बताउछिन ।
सबै कक्षाहरुमा अंग्रेजी माध्यमबाट पठन पाठन संचालन भएपनि, स्मार्ट बोर्डको अभाव खडकिएको छ । बिद्यालयले आफनो सेवाक्षेत्रबाट विद्यार्थीको सुविधाको सवारीको रुपमा सफारीबाट ल्याउने लाने गरिएको छ । सफारीमा हिंडे वापत अभिभावकले मासिक रुपमा २५० रुपैयँ सफारीवालालाई बुझाउने गरेको छ ।
बिद्यालयमा २ प्राबि स्थाई, २ जना करार, १ कर्मचारी, १ बाल शिक्षिका, निजि स्रोतबाट ३ जना शिक्षक राखिएको छ । न्यूनतम पारिश्रमिकमा शिक्षकहरुले काम गरिरहेको प्रधानाध्यापक धिमालको भनाई रहेको छ ।
पुत्रमाया राई स्मृती कोष स्थापना गरि ३ लाख ५३ हजार एउटा अक्षयकोषको स्थापना गरिएको छ । स्थानिय जंगबहादु कार्कीले ३० हजार र दिपामाया पोख्रेलले ३५ हजार रुपैयाँको अक्षयको पनि रहेको छ । यस वर्षका






