
तिलादेवी ढुंगानाको तस्वीर ।
विजय खम्बु
पथरी । घरगृहस्थी, पारिवारिक, राजनितिक र ब्यवसायिक जीवनलाई त्यागेर अहिले सन्यासी जीवनचक्रको लामो यात्रामा हिंडी रहेकी तिलादेवी ढुंगाना पथरी शनिश्चरे नगरको पहिलो स्वास्थ्य कर्मी हुन ।
स्वास्थ्य संस्था नभएको अवस्थामा बिरामी मानिसको प्राथामिक उपचार गरेर बचाउने काम गर्नु ठूलो अबिभारा हो । त्यो अबिभारा तिलादेवी ढुंगानाले पूरा गरिन । झोडा फँडानीकालमा एकल महिला तिलादेवी ढुंगानाले काखेनानी (महामण्डलेश्वर प्रथम महिला जगत गुरु शंकराचार्य हेमानन्द गिरी, हेमा ढुगाना) लाई च्यापेर बिरामीलाई उपचार गरि समाजमा पुर्याएको योगदान हामी पथरी शनिश्चरेबासीले स्मरण गर्नै पर्छ । अहिलेको विकासे समय र झोडा फडानीको समयलाई हामी आफै त्यस समयलाई महसुष गरौं त ।

छोरी महामण्डलेश्वर प्रथम महिला जगत गुरु शंकराचार्य हेमानन्द गिरी, हेमा ढुगानासंग आमा तिलादेवी ढुंगाना ।
२०३६ सालमा पथरी र शनिश्चरे क्षेत्रमा झोडा फडानी र सट्टाभर्ना स्थानतरणको प्रकृया सुरु भएको थियो । झोडा फाँडेर सट्टाभर्ना पाएर आउने मानिसहरुको कारण चहल पहल बढेको थियो । पिउने पानीको मुख्य स्रोत खोला र कुवा मात्रै थिए । थोरै मानिसले मात्रै इनार बनाएका थिए । सौचालय बनाउने चलन थिएन । जंगल फँडानी भएको र फोहोर मैलाको कारण महामारीको रुपमा भाइरल ज्वोरो, झाडा पखला, घाउ खटिराका बिरामीहरु बढे । सिजनल प्रकोप मलेरियाले सतायो । त्यही समय ति बिरामीहरुको प्राथामिक उपचार गरेर मानव समुदायको रक्षा गर्ने तिलादेवी ढुंगानाको योगदान अतुलनिय रह्यो ।
त्यसबेला पैसाको महत्व साह्रै थियो । सुई हानेको एक रुपैयाँ लिन्थेँ, ढुंगाना सम्झीन्छन । बिरामीहरुबाट भेला भएको पैसाले पुनः औषधीहरु किन्थेँ । डेलिभरीका बिरामीहरुलाई अप्रेसन सामन्य समेत गरेर बचाएकी थिंए ।
२०३४ चैत्र महिनामा बेलबारी ककुमझोडाबाट शनिश्चरेको रिगुवामा बसाई सरेर आएकी हुँ । म आउँदा स.साना गोरोट बाटा थिए । स्कुल थिएन । मन्दिर थिएन । पानी खाने कल थिएन ।
२०३६ साल जेठ महिनामा जनमत संग्रहको घोषणा भएपछि बहुदललाई जिताउन लागी परेकी थिए । प्रचार प्रसार गर्न काखे नानी च्यापेर खुबै हिंडे तर निर्दलले चुनाव जित्यो ।

शिक्षण अनुमती पत्र ।
निर्दलको जित भएपछि बहुदल पक्षकी मलाई खेदाउने उदेश्यले नै हो हुनु पर्छ म बसेको रिगुवाको घरमा आगो लगाई दिए । खानेकुरा लत्ता कपडा सबै डढेर खरानी भयो । त्यस पछि म सुनखरी चौकमा अहिले बसेको घडेरी ५ सय रुपैयाँमा किनेर बसेकी हुँ । छोरीलाई यही हुर्काए पढाए, बढाए । २०४१ सालदेखी पथरीमा धर्मगोपाल कार्की, र बसन्त मेडिकल खुलेपछि पछि बिस्तारै स्वास्थ्य सेवा छाडेको तिलादेवी बताउछिन ।
तिलादेवी ढुंगाना प्रजातन्त्र सेनानी हुन । २०५३ सालमा वीरगंजमा भएको नेपाल प्रजातन्त्र सेनानी संघको प्रथम राष्ट्रिय महाधिवेसनमा मोरङबाट प्रतिनिधी भएर गएकी थिइन ।
योगी नरहरिनाथको नेतृत्वमा दुर्गा कुण्डको आचार्य आचार्य भएर कोटी हवन, महायज्ञ धार्मिक अभियानमा सहभागी हुँदै हाल १८ वर्षदेखी सन्यासी जीवन विताई रहेकी छिन ।
तिलादेवी ढुंगानाको जन्म वि.स. १९९३ माघ १ गते तेह्रथुमको छथर शुक्रबारेमा भएको थियो ।
छोरी मान्छे पढनुहुन्न भन्ने संस्कारलाई तोडदै बिएडसम्माको अध्ययन पूरा गरि २०२५ सालमा प्रसुती गृह थापाथली काठमाण्डौं र वीर अस्पताल काठमाण्डौंको नर्स कोर्ष तलिम सकाएर विराटनगर कोशी अस्पतालमा पोष्टिङ भएको थियो ।

नेपाली कांग्रेस पार्टीको सदस्यता ।
त्यहाँबाट रंगेली, वीरगंज, महेन्द्रनगर हेटौंडा लगायत स्थानहरुमा गएर स्वास्थ्य सेवामा कार्यरत रहँदा उपदानमा जागिर छोडी केही समय बेलबारीको काकुम झोडामा जग्गा किनेर बसेको बताउछिन ।
२०२२ सालमा शिक्षण अनुमति लिए पछि शिक्षण पेशा गरेकी तिलादेवी ढुंगानाले नेपाली कांग्रेसका चर्चित नेता चक्र प्रसाद बाँस्तोला इलाम र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा प्रा.डा. भूपेन्द्र बस्नेतलाई पथरीमा पढाएकी थिइन । पथरी बजार लगाउन आफ्नो भूपिमका खेलेकी र पंचायत माबि स्थापना पश्चात तिलादेवी ढुंगानाले १ वर्ष सहमतिमानै बेतलवी पढाएकी थिइन । तस्वीर तिम्मा न्यूज






