विजय खम्बु
पथरी । पैसा नहुँदा उपचार नपाएर कोही नागरिकको मृत्यु हुन नदिने बाचा गरेका सांसद डा. सुनिल कुमार शर्मा गरिब र दिनदुखीहरुको लागी सहारा बनेका छन ।
बिरामीले थलिएर जीवन मृत्युको लडाँई लडिरहेकाहरुलाई एम्बुलेन्स ल्याई अस्पताल पुर्याएर निशुल्क उपचार गराई उद्धार गर्ने सांसद डा. सुनिल कुमार शर्मा गरिब र दिनदुखीहरुको लागी सहारा बनेका हुन ।
नोवेल मेडिकल शिक्षण अस्पताल बिराटनगरबाट भोजपुर, धनकुटा, उदयपुर, झापा, मोरङ, सुनसरी लगायत बिभिन्न पहाडी जिल्लाहरुमा निशुल्क स्वास्थ्य शिविर चलाएर नागरिकका स्वास्थ्य उपचारको अभियान निरन्तर चलाई रहेका छन ।
सिटामोल नपाएर हैरान भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) मा कार्यरत स्वास्थ्य कर्मीहरुको जम्बो टोली लिएर हुम्ला, डोटी, बाजुरा, कालिकोट, मुगु, रोल्पा, पूर्वी रुकुम, डडेलधुरा, अर्घाखाँजी र प्यूठान जिल्लाका दुरदराज ठाँउहरुमा निशुल्क शिबिर चलाउदै हिडेको दृश्य देख्दा शर्माको कर्म गर्व गर्न लायक थियो ।
दुरदराज ठाँउहरुमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै हिंडिरहेको बेला नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले “धनको धनीमात्र भएर नहुँदो रहेछ, मनको धनी पनि हुनुपर्दाे रहेछ, भनि प्रशंसा गरेका थिए ।
त्यही पोष्टमा भण्डारीले लेखेका छन, विकट क्षेत्रका विरामीलाई सिनामंगलको के. एम. सी. मा ल्याएर निःशुल्क उपचारपनि गराएका छन् । यसरी नै सवै मेडिकल कलेजहरुले असहाय बिरामीको सेवा गर्ने हो भने स्वास्थ्यको क्षेत्रमा एउटा क्रान्ति नै आउनेथियो । डा. सुनिल सही अर्थमा परोपकारी, मानवतावादी र धर्मपरायण रहेछन् । उहाँको यस कार्यप्रति म हृदयतः कृतज्ञता प्रकट गर्दछु ।”
सन् २००४ मा स्थापना भएको नोबल मेडिकल शिक्षण अस्पताल विराटनगरमा संचालकहरुको मनमुटावको कारण संचालन हुन सकिरहेको अवस्था थिए । डा. शर्मालाई नेतृत्व हस्तानतरण भएपछि हाल सोही कलेज अन्तर्राष्ट्रिय स्तरको संस्थाको रुपमा विकास गर्न सफल भए । यस कलेजमा हाल एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ, बिएनएस, पिसिएल नर्सिङ लगायतका कोर्स सञ्चालन गरेको छ ।
नोवेल मेडिकल शिक्षण अस्पताल विराटनगरमा करिब १ हजार ३ सय भन्दा बढी मानिसहरुले रोजगारी पाइरहेको छन, यो सफल ब्यवस्थापनको अर्को पाटो हो ।
मोरङ क्षेत्र न. ३ का मानिसहरुलाई निशुल्क उपचार गराउन ५० शैयाको क्याविनबाट उपचार पाँउदा स्थानियहरु हर्षित छन । उनिहरु भन्छन, पहिला जिताएर पठाएका नेताहरुको मुख देख्न पाइदैन थियो, डा. सुनिल शर्माले स्वास्थ्य क्षेत्रमा गरेको सहयोग प्रति खुसी छौं ।
सांसद डा. शर्मा नेपाली कांग्रेस महासमिति सदस्य हुन । शर्माले मोरङ क्षेत्र न. ३ मा २०७९ मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा पूर्वमन्त्री एमाले उम्मेदवार भानुभक्त ढकाललाई २२ हजार ७ सय ३६ मतले पराजित गरे ।
क्षेत्रको समस्याहरु, राष्ट्रिय राजनितिका बहसहरुमा, नेपाली अर्थतन्त्रको समस्या र सुधारका विषयहरुमा समाधान सहितको स्पष्टसंग आफनो कुराहरु सदनमा राख्दै आएका सांसद डा. शर्मा आफ्नो क्षेत्रको विकास निर्माणको पक्षमा लागिरहेका छन ।

तपाईको प्रतिक्रिया