
विजय खम्बु
पथरी । पथरी शनिश्चरे २ मोरङमा स्थापित बाल्मीकि मेमोरियल सेकन्डरी बोडिङ स्कुलले असल संस्कार सहितको ब्यवहारिक शिक्षण सिकाईको कामलाई अगाडी ल्याउने तयारी गरेको छ ।
२०५४ सालमा एउटा सानो घरबाट स्थापना भएको बाल्मीकि माबिले असल संस्कार सहित ब्यवहारिक शिक्षण सिकाई अन्तरगत तमासुक लेखन र माइन्यूट लेखन, योग आसन कक्षा संचालन गर्न लागेको हो ।
बाल्मीकिले पुस्तक पढाइको अतिरित्त भलिबल, फटबल, टेबल टेनिस, क्रिकेट, मार्सल आर्ट, नृत्य, गायन, बाद्यबादन, ड्रोइङ, पेन्टीङ र उदघोषण कला जस्ता बिधामा बिद्यार्थीको माग र इच्छा अनुसार कक्षा संचालन गर्दै आएको छ ।

बिद्यालयका निर्देशक नोवल किशोर खनाल ।
अतिरित्त कक्षा संचालनबाट उत्कृष्टता प्रर्दशन गर्ने विद्यार्थी, खेलाडीहरुलाई बिद्यालय स्तरिय प्रतियोगिताहरुमा सहभागिता गराएर उनिहरुको मनोबिज्ञानलाई मजबुद बनाउने कार्य समेत गरिरहेको छ ।
शैक्षिक ब्यत्तीत्वहरु केदार प्रसाद खनाल, अंमर काफ्ले, तुलसी पौडेल, कबिराज बुढाथोकी र दिपक क्षेत्रीहरुले शैक्षिक क्षेत्रमा योगदान गर्ने उदेश्यले बाल्मीकिको स्थापना गरेका थिए ।
२०५७ सालबाट नोवल किशोर खनालले बिद्यालयको सम्पूर्ण जिम्मेवारी बहन गर्दै प्रिन्सीपलको भूमिकामा आएपछि २०५८ सालबाट कक्षा १० संचालन गर्दै एसएलसी परिक्षामा सहभागिता सहभागिता जनाएका थिए ।

बिद्यालयका प्रिन्सीपल चन्द्र प्रसाद दुलाल ।
बिद्यालयमा २०६८ सालबाट कक्षा ११ र १२ ब्यवस्थापन संकायमा समेत अध्यापन भइरहेको छ ।
हालसम्मा बाल्मीकिबाट २३ औं ब्याच बिद्यार्थीहरु एसएलसी र एसईईमा सहभागिता गराएर निरन्तर एकै तरिकाको रिजल्ट निकाल्दै आएको छ । २०७६ को एसईईमा यूनिक श्रेष्ठले ४ जिपिए र सजना घिमिरेले ३.९० जिपिए ल्याएका थिए । वर्ष २०८० को एसएईईमा ८२ जना ७४ ग्रेडेड ९०.२४ प्रतिशतले भए । ८ जना बिद्यार्थी ननग्रेडड भए मौका परिक्षामा सहभागी हुन पर्नेछ । पहिलो पटक १२ जना बाट एसएलसी दिएको थियो । ९० जनासम्मले यस बिद्यालयबाट एसईई दिएको तथ्याङक छ ।
बाल्मीकिबाट पास आउट भएर गएका बिद्यार्थीहरु उच्च शिक्षा हाँसिल गर्र्दै डाक्टर, इन्जीनियर, ब्यापारी, ब्यवसायीहरु भइ बाल्मीकि आृउँदा मलाई सबै भन्दा गर्व लाग्ने निर्र्देशक नोवल किशोर खनाल बताउँछन ।

बिद्यालयको सुबिधा सम्पन्न दोस्रो ब्लक ।
एउटा सानो घरबाट स्थापना भएको बाल्मीकि माबि अहिले भब्य सुबिधा सम्पन्न भवनहरुबाट कक्षा संचालन भइरहेको छ । नयाँ प्रबिधिबाट बिद्यार्थीहरुलाई अध्यापन गराई रहेको विद्यालयका प्रिन्सीपल चन्द्र प्रसाद दुलालले बताए । हाल १२५० जना बिद्यार्थीहरु यस बिदालयमा अध्यान गर्छन भने ७२ जना शिक्षक कर्मचारीहरुले रोजगारी पाएको बिद्यालयका निर्देशक नोवल किशोर खनालले बताउँछन ।
आउने साउन महिनाबाट प्रत्येक शुक्रबार पत्रकारिता, स्वास्थ्य, ब्यापार, ब्यवसाय, बैङकीङ, कृषि लगायतका क्षेत्रमा काम गरिरहेका बिशेषज्ञ वा बिज्ञ ब्यात्तीहरुको प्रत्यक्ष उपस्थितीमा बिद्यार्थीहरुलाई सहभागि गराई अन्तरक्रिया कक्षा संचालन गर्ने कार्यक्रम रहेको प्रिन्सीपल दुलालले बताए ।







