पथरी । संघिय संसद भवनमा मोरङ क्षेत्र न. ३ बाट निर्वाचित भएर गएका सांसद डा. सुनिल कुमार शर्माले कविता सुनाएका छन ।
आज आइतबार संचालन भएको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई लक्षित गरेर सांसद शर्माले रामकृणा ढकालले गाएको …छल गर्यो मायाले बोलको गितको कविता सुनाएका हुन ।
गत आर्थिक वर्षमा एमबिबिएस पढन विदेश जाँदा ८१ अर्ब ६८ करोड ५० लाख रुपैयाँ पैसा बाहिरिएको बताउँदै नेपालमा भएको कलेजहरुलाई धारासायी बनाउने नितीको कारण रहेको प्रष्ट पारे । पूर्वाअञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने र आर्थिक नीतिमा दफा ५७ संशोधन राम्रो भएको तर मन्त्रीपरिषद्बाट भएको निर्णय कार्यान्वयन हुन नसकेको प्रति प्रधानमन्त्रील असार २८ गते सदनलाई जानकारी गराउनु पर्ने माग गरे ।
प्रधानन्त्रीको विदेश भ्रमणको उपलब्धी ठुलठुला योजना ल्याउनुको साटो हुर्रा र मुर्राको बढी चर्चा भएको ब्याङग्य गरेका थिए ।
केही समय अगाडी नेपालको पश्चिम क्षेत्रमा जाँदा प्रशंग कोट्याउँदै हुम्ला मुगु जोडने पुल नहुँदा तुइनबाट आफै तरेको प्रसंग कोटयाएका थिए । कालिकोट र दैलेख जोडने सडक नहुँदाको अवस्थालाई मध्येनजर गर्दै तुरुन्तै बेलिबृज पुल बनाई दिन माग गरे ।

तपाईको प्रतिक्रिया