
पथरी शनिश्चरे नगर प्रमुख मोहन तुम्बापोलाई ज्ञापनपत्र बुझाउदै शम्भुराज थापा र राजु तिम्सिना ।
पथरी । नमुना पंचायत माबिको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यज्ञ प्रसाद बाँस्कोटा (युवराज) को कार्यशैलीको बिरोध गर्दै त्यहाँ कार्यरत शिक्षक कर्मचारीले नगर प्रमुख मोहन तुम्बापोलाई ध्यानाकर्षण बुझाएका छन ।
हिजो आइतबार नगर प्रमुख मोहन तुम्बापो समक्ष पंचायत माबिमा कार्यरत ६५ जना शिक्षक कर्मचारीहरुले हस्ताक्षर सहित बिभिन्न आठ बुँदे माग पत्र सहितको ज्ञापन पत्र बुझाएका हुन ।
बिद्यालयमा कार्यरत अंग्रेजी विषय बिभागीय प्रमुख शम्भुराज थापा र बिज्ञान, कानुन तथा ललितकला बिभागिय प्रमुख राजु तिम्सिनाले ६५ जनाले हस्ताक्षर गरेको ज्ञापन पत्र सम्पूर्ण शिक्षकहरुको प्रतिनिधीत्व गर्दै नगर प्रमुखको कार्यकक्षमा गएर पिडितहरुको तर्फबाट बुझाएका थिए ।
ज्ञापनपत्रमा उल्लेख भए अनुसार अध्यक्ष बाँस्कोटाले शिक्षक कर्मचारीहरुलाई बिभिन्न समय र सन्दर्भ बनाएर अनुचित दवाब दिने, सामाजिक संजालबाट ब्यत्तीगत जीवनमा आँच आउने क्रियाकलाप गर्ने र गराउने, शिक्षक कर्मचारीको चियोचर्चो गरेर सामाजिक संजालबाटै चरित्र हत्या हुने गरिका स्टाटसहरु पोष्ट गर्ने गरेको हुनाले ज्ञापनपत्रमा उल्लेखित गरेका छन ।
अध्यक्षको छोरालाई कक्षामा अनुसासन भित्र राख्ने क्रममा सामन्य कारबाही गरिएको विषयमा निजीस्रोतबाट नियुत्त भएकी शिक्षिका सोनु लिम्बुलाई हाजिर हुने अवस्था नबनाइएको उत्त कक्षामा अध्यापनरत शिक्षकहरु पेशागत सुरक्षा त्रसादिपूर्ण वातावरणमा रहेको उल्लेख छ ।
अध्यक्ष बाँस्कोटाले महिला शिक्षकालाई राती ११ बजे फोन गर्दा नउठाएको विषयलाई लिएर बिद्यालय समयमा अन्य शिक्षकहरुको माझमा गाली गलौज गरेको ज्ञापन पत्रमा उल्लेख छ ।
यस्तै अंग्रेजी विषय बिभागीय प्रमुख शम्भुराज थापा र बिज्ञान, कानुन तथा ललितकला बिभागिय प्रमुख राजु तिम्सिना बिदाको समयमा घुम्न जाँदा मानहाँनी हुने गरि सामाजिक संजालबाट लेखिएको, ब्यात्तिगत स्वतन्त्रताको हनन गर्दै सामाजिक संजालमा आफु अनुकुल लाइक, कमेन्ट र शेयर गर्न बाध्य तुल्याउने गरेको, प्रशासन प्रमुख बिना नै कक्षाकोठामा गएर शिक्षक कर्मचारीको विषयमा बिवादस्पद धारणा दिने काम गर्ने गरेको ज्ञापनपत्रमा जनाइएको छ ।
ज्ञापनपत्रमा उल्लेख भए अनुसार शिक्षक कर्मचारी विचको सुमधुर सम्बन्धमा दरार उत्पन्न हुने खालको भुमिका खेल्ने गरेको, आफु अनुकुलको स्काउट शिक्षक नभएकै कारण यस्ता कार्यक्रम नै खारेज हुनुपर्ने भन्दै अभिब्यत्ती दिने गरेको शिक्षक, कर्मचारी र विद्यालयको गरिमामाथी नै असर गरिरहेको भन्दै कारबाहीको माग गरिएको छ ।
ज्ञापनपत्रमा भनिए अनुसार कारबाही नभए शिक्षक कर्मचारीले राजिनामा दिन बाध्य हुने जनाइएको छ ।
नगर प्रमुख तुम्बापोले ज्ञापनपत्र बुझ्दै यो विषय चाँडैं समाधान गर्ने बताए ।
नेकपा एमाले पार्टीको केन्द्रिय सदस्य समेत रहेका बाँस्कोटाको यस्तो हर्कतको कारण बिद्यालयमा पढिरहेका बिद्यार्थीका अभिभावक पनि आफ्नो नानिबाबुहरुको भविष्य र पढाई प्रति चिन्तित हुन थालेका छन ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बाँस्कोटाले सामाजिक संजालमा लेख्ने विषय बस्तुकै कारण ३६ सालदेखी जोगाएर ल्याएको बिद्यालयको गरिमा धुलोमा मिसाउने खतरा रहेको एक अभिभावकले बताएका छन । म पनि यहिं स्कुलमा पढे, मेरो छोरा छोरी यहि स्कुलमा पढाए र अहिले नाति नातिनी यहि स्कुलमा पढिरहेको बताउदै यसरी अध्यक्षकै कारण बिवादमा तानिएको पहिलो पटक देखिएको उनले नाम उल्लेख नगर्ने सर्तमा बताए ।

बिवादको विषयमा प्रतिक्रिया दिदै बिब्यस अध्यक्ष यज्ञ प्रसाद बास्कोटा (युवराज)
यता अध्यक्ष यज्ञ प्रसाद बास्कोटा (युवराज) संग यस विषयमा प्रतिक्रिया लिंदा सामाजिक संजालमा लेखिएको विषय गलत भए साइबर क्राइम आकर्षित हुने प्रतिक्रिया दिदै मानमर्दन नगरेको दाबि गरे ।
बिद्यालयका शिक्षक कर्मचारीहरु एका परिवारको सदस्यहरु भएको बताउँदै बिद्यालयको हितमा बोल्नु र लेख्नु पर्ने विषय रहेको जनाए ।
परिवार ठुलो भएको कारण संख्या पनि ठुलो भएको कारण मनमुटाव हुने भन्दै मिलाउदै लगिने प्रतिक्रिया दिए । तस्वीर तिम्मा न्यूज






