
पथरी । पथरी शनिश्चरे नगरपालिकाको आर्थिक वर्ष २०८०÷८१ को स्वीकृत कार्यक्रम विपन्न नागरिकसँग उपमेयर कार्यक्रम अन्तर्गत विपन्न छात्रछात्राहरुलाई साइकल वितरण गरिएको छ ।
आज नगरपालिकाको सभाहलमा छोटो औपचारिक कार्यक्रम पश्चात् नगर उप–प्रमुख देविमाया काफ्लेले बिद्यार्थीहरुलाई साइकल वितरण गरेको हो ।
नगरपालिकाको ६ ओटा माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विपन्न छात्रछात्राहरुलाई साइकल वितरण गरिएको थियो । जसअन्तर्गत पञ्चायत माविका २ जना, जनता माविका ३ जना, अमरसिंह माविका २ जना, भागीरथ माविको ३ जना, बुद्ध माविको ५ जना र सिंहवाहिनी माविको २ जनालाई साइकल वितरण गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल बुढाथोकीले जानकारी दिनुभयो । कुल ३५ ओटा साइकलमध्ये बाँकी साइकल पञ्चायत माविका विद्यार्थीलाई चाँडै हस्तान्तरण गरिने अधिकृत खुलाल बुढाथोकीले जानकारी दिए ।





