
पथरी । पथरी शनिश्चरे नगरपालिकाको वडा न. १० भएर बहने डाँस खोलामा आएको बाढीले गरेको क्षतिको उप–प्रमुख देविमाया काफ्लेको नेतृत्वमा अनुमनको कार्य सम्पन्न भएको छ ।
आज असार २५ गते बुधबार जिरिखिम्ती, पशुपतिनगर र त्रिवेणी चौकमा डाँस खोलाले गरेको कटान (क्षति)को अनुगमनको काम सम्पन्न भएको हो ।
अनुगमन पश्चात् सो क्षेत्रहरूमा तुरुन्त तटबन्धन र च्यानलाइज गर्न उप–प्रमुख काफ्लेले सुरु गर्ने बताइन । वडा नं. १० का अध्यक्ष जीवन खतिवडाले आजको मितिबाट नै तटबन्धनको काम सुरु गर्ने बताए । अनुगमनमा नगरका सूचना अधिकारी तथा योजना शाखा प्रमुख शिव कुमार राई, वडा सदस्य वीरबहादुर बस्नेत, नगरको इन्जिनियर सन्तोष केसी सहितको सहभागिता रहेको जनाइएको छ ।






