पथरी । पथरी शनिश्चरे नगरपालिका कार्यालय सम्मानित भएको छ । मोरङ जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा सभा २०८१ मा पथरी शनिश्चरे नगरपालिकाले सम्मानित भएको हो ।
विराटनगरमा हिजो असार २६ गते बुधबार एक कार्यक्रमका बिच जिल्ला खोप समन्वय समिति मोरङले सम्मनित गरेको थियो ।
पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्वापोलाई नगरले पाएको सम्मान ग्रहण गरेका थिए भने जिल्ला समन्वय समिति मोरङका सभापति तथा जिल्ला खोप समन्वय समिति मोरङका संयोजक अजम्बर राईले सम्मानपत्र प्रदान गरेका थिए ।
उत्त कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य र सिनियर अहेव एकराज खत्रीको सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया