
पथरी । पथरी शनिश्चरे नगरपालिका कार्यालयले १५१ जनालाई अनौपचारिक श्रमिक हित व्यवस्थापन समितिले परिचयपत्र तथा सदस्यता प्रमाण–पत्र वितरण गरेको छ । हिजो बिहीबार पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै पथरी शनिश्चरेलाई कार्यक्षेत्र बनाए श्रम मजदुरी गर्दै आएका श्रमिकहरुलाई परिचयपत्र तथा सदस्यता प्रमाण–पत्र वितरण कार्यक्रम गरेको हो ।
श्रमिक तथा मजदुर सम्बन्धीको कार्यविधिलाई संसोधन गरी आधिकारिक ट्रेड युनियन साथै वडा कार्यालयबाट श्रमिकहरूको सिफारिस गरी पञ्जीकरण गराउने काम सम्पन्न भएको थियो ।
नगर प्रमुख मोहन तुम्वापो र उप–प्रमुख देविमाया काफ्लेले परिचयपत्र तथा सदस्यता वितरण नगरका सुचना सम्पादक सन्तोष राईले जनाकारी दिए ।
श्रमिक हित व्यवस्थापन समितिका अध्यक्ष भीमकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ८ का अध्यक्ष तथा नगर प्रवक्ता नविन कार्की, क्यूपेक नेपाल मोरङ जिल्ला कोषाध्यक्ष दिनेश लावतीलेखा शाखा प्रमुख पिताम्वर वस्ती, योजना तथा प्रशासन शाखा प्रमुख एवं सूचना अधिकारी शिवकुमार रार्ई, वडा अध्यक्षहरु उद्धवराज बस्नेत, जीवन खतिवडा, नैना राई मजदुर नेता दोर्ण खडका लगायतको उपस्थिति थियो ।





