विरटनगर । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले एम. वि. वि. एस. र वि. डि. एस. अध्ययन सफलतापूर्वक समापन गरेका विद्यार्थीहरुलाई एक विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यार्थीहरुलाई नोवेल मेडिकल कलेजका प्राचार्य प्रा. डा. रामहरी घिमिरे, सह प्राचार्य प्रा. डा. ऋतु बराल, नायव प्रमुख कार्यकारी अधिकृत डा. विश्वनाथ अधिकारी, दन्त विभाग प्रमुख डा. सरताज सिंह वाजिर, डा. रितेश गिरी, बालरोग विशेषज्ञ तथा इन्टर्न संयोजक डा. बविता खनाल लगायतका पदाधिकारीहरुले खादा र टिका लगाएर कार्यक्रम सम्पन्न गरेको हो ।
यस बर्ष एम. वि. वि. एस. तर्फ ४४ जना र वि. डि. एस. तर्फ ६ जना विद्यार्थीहरुले आफ्नो अध्ययन समाप्त गरी दक्ष चिकित्सकको रुपमा समुदायमा सेवा गर्न योग्य भएका विद्यार्थीहरुलाई विदाई तथा शुभकामना कार्यक्रमको आयोजना भएको थियो ।

तपाईको प्रतिक्रिया