साविक पथरी गाबिस वडा न. ९ का वडा अध्यक्ष रत्न बहादुर बस्नेत । तस्वीर तिम्मा न्यूज
विजय खम्बु
पथरी । साविक पथरी गाविस वडा न. ९ का वडा अध्यक्ष (हाल पथरी शनिश्चरे २) रत्न बहादुर बस्नेतले पथरी शनिश्चरे नगरपालिका कार्यालयको प्रशासनिक भवन बनियोस भन्ने शुभेच्छा ब्याक्त गरेका छन ।
२०५४ सालमा गाबिस अध्यक्ष मोहन तुम्बापो निर्वाचित भएर आउँदा हाल शिक्षा शाखा रहेको भवन निर्माण भएको स्मरण गर्दै पुनः पथरी शनिश्चरे नगरपालिकाको नगर प्रमुख आउनु भएको हुँदा प्रशासनिक भवन निर्माण होस भन्ने शुभेच्छा ब्याक्त गरेका हुन । तुम्बापो गाबिस अध्यक्ष निर्वाचित भएकाताका नै रत्नबहादुर बस्नेत पनि वडा अध्यक्ष निर्वाचित भएका थिए ।
पार्टी राजनिति छाडेर स्वतन्त्र बसेका मानिसहरु संगठित भएर जनप्रतिनिधीहरुलाई खबरदारी गर्दै राम्रो कामको प्रशंसा गर्ने रहर जाँदा राम्रो हुने पूर्व अध्यक्ष बस्नेतको ठम्यइरहेको छ ।
पूर्व नगरप्रमुख दिलिप राईको पालामा पथरी÷मंगलबारे झोलुङगे पुल केही समय अगाडी सम्पन्न भएको भन्दै यस्ता कामले आफु खुसि हुने गरेको बताउँछन ।
७० वर्ष ृउमेर पुगेका पूर्व वडा अध्यक्ष बस्नेत अहिले ४ माउँ बाख्रा २ माउँ गाई पालेर उर्लाबारी २ मंगलबारे बजारमा बसेका छन ।
चौतारी सामुदायिक वन उपभोत्ता समुहको ३ कार्यकाल अध्यक्ष पदमा रहेर सेवा गरेका बस्नेत सोही समुहले उपलब्ध गराएको घाँसे वनमा नेभार, टाँकी, नेपियर, एताइलो, इन्दु लगायत घाँस जातका बिरुवा रोपेका छन । अवको २ वर्ष पछाडी करिब २० माउँ बाख्रा पाल्ने योजना रहेको हुँदा अहिले डाले घाँसको बिरुवाहरु रोप्ने काम गरिरहेको बताए ।
समुहमा राँगा, कुखुरा र बाख्रा पालन कार्यक्रम असफल भएपछि सामन्य तय अहिले घरमा रहेको पशुचौपाय स्याहारमा गर्दै बसेको पूर्व अध्यक्ष बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया