पथरी । पथरी शनिश्चरे नगरपालिका २ मोरङमा २०५५ सालमा स्थापना भएको श्री चौतरी सामुदायिक वन उपभोक्ता समुहले चौतर्फी विकासमा ध्यान दिदै कामहरु गरिरहेको छ ।
उपभोक्ताहरुको हितमा रहेर यस समुहले आफ्नो कामलाई अगाडी बढाई रहेको हो । ११५.१९ हेक्टर क्षेत्रफलमा रहेको चौतरी सामुदायिक वन उपभोक्ता समुह काठ र दाउरा वितरणमा मात्रै सिमिति छैन । यस समुहले आफ्ना उपभोत्ता सदस्यहरुलाई कृषि पेशासंग जोडेर ब्यवसायिक बनाएका छ ।


समुहको क्षेत्रफल सानो भए पनि हाल पशुचौपाय पाल्ने उपभोक्ताहरुको सहजताको लागी घाँसेवनको विकास गरिदिएको हुँदा सजिलो भएको सदस्यहरु बताउँछन । दैनिक रुपमा उपभोत्ता सदस्यहरुले करिब ४५० भारी घाँस दैनिक रुपमा यस वनबाट लाने गरेको समुहका अध्यक्ष टंक कन्दङवाले बताए ।
उपभोत्ता र स्थानिय पशुचौपाय पाल्ने कृषकहरुलाई ध्यानदिएर वन समुह स्थापनाकाल देखीनै पशु नश्ल सुधार कार्यक्रम संचालनमा ल्याएको पूर्व अध्यक्ष रत्न बहादुर बस्नेतले बताए ।
समुहले जमुनापारी र विटलक्रस जातका २ वटा बोका, होलिस्टेन र स्थानिय उन्नत जातको गोरु २ वटा मुर्रा राँगा १ एउटा नश्ल सुधारका लागी पालिएको वतमान अध्यक्ष कन्दङवाको भनाई रहेको छ ।


२०६७ सालदेखी बाँसबाट बिभिन्न फर्णिचरका सामानहरु निर्माणका कामहरु तालिमहरु संचालन गर्दै आइरहेको छ । अर्डर अनुसार बाँसबाट निर्माण सामग्रीहरु बनाउन सक्ने जनशत्ती समुहले उत्पादन गर्न सफल भएपनि प्लाष्टीकको भन्दा मुल्य महंगो पर्ने भएकोले उपभोत्ता तथा ग्राहकहरुको रोजाइमा नपरेको गुनासो अध्यक्ष कन्दङवा गर्छन ।
प्लाष्टिकको कुर्सि भन्दा बाँसबाट निर्माण गरिएको कुर्सि ३ गुना बढी टिक्ने, बस्नलाई सहज हुने, प्रकृतिक बोटबाट बनाइएको हुँदा सजावटमा पनि राम्रो देखिने भए पनि उपभोत्ताहरुको ध्यान खिच्न नसकिएको अध्यक्ष कन्दङवाको भनाई छ ।
समुहले प्राङगणिक मल बनाएर समुहको आम्दानी बढाउने काम पनि गरिरहेको छ । बिभिन्न शिर्षकबाट भएको आम्दानीलाई वन विकास, शैक्षिक सुधाका लागी श्री शरश्वती माविलाई नगद सहयोग, विपन्न विदार्थीलाई भर्ना शुल्क वितरण गर्दै आइरहेको समुहको अभिलेखमा छ ।
अब डपिआर तयार गरेर सेल्फी रोडलाई ब्यवस्थीत बनाउँदै चिल्डेन एडभान्चर पार्क बनाउने कार्ययोजना समुहको साधरण सभाले पास गरिसकेको अध्यक्ष कन्दङवाले बताए ।

तपाईको प्रतिक्रिया