
उर्लाबारी । पथरी शनिश्चरे नगरपालिका मोरङबाट प्रकाशन भइरहेको जमर्को साप्ताहिक पत्रिकाले नमुना बालगृहलाई सहयोग गरेको छ ।
उर्लाबारी नगरपालिका वडा न. ७ मा रहेको नमुना बालगृहमा बसोबास गर्ने बालबालिकालाई खाना खर्चको रुपमा नगद १५ हजार रुपैयाँ सहयोग गरेको हो ।
आज आइतबार पत्रिकाको १२ औं वार्षिक उत्सवको अवसर पारेर पत्रिकाका प्रकाशक मोहन भट्टराईले संस्थाकी संरक्षक मिना बराललाई सहयोग रकम हस्तानतरण गरेका थिए ।
पत्रिकाबाट भएको आम्दानीबाट सामाजिक दायित्वको रुपमा उत्त रकम प्रदान गरेको प्रकाशक भट्टराईले बताए ।
बालगृहका संरक्षक मिना बरालले मानव जीवनमा सबैभन्दा पहिला खाना, नाना र छाना चाहिने भएकोले सहयोगी पत्रिकालाई धन्यबाद दिइन ।
कार्यक्रममा संचारकर्मीहरु केदार चौहान, जगन्नाथ भट्टराई, मन नेम्वाङ लगायतको उपस्थिती रहेको थियो ।






