
बाली विज्ञानको लागी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट निर्माण भएको भवन ।
विजय खम्बु
पथरी । पथरी शनिश्चरे नगरपालिकाले आफ्नो नगर क्षेत्रबाट बालि विज्ञान पढ्ने विद्यार्थीहरुको लागी शैक्षिक उपहार तथा ऋण कार्यक्रम २०७७ उपलब्ध गराएर हौसला बढाएको छ ।
पथरी शनिश्चरे नगरपालिका वडा न. ४ मा रहेको भागिरथ माबिमा नगरपालिकाले ३५ लाख रुपैयाँ शैक्षिक उपहार तथा कर्जा घुम्तीकोष स्थापना गरेर विद्यार्थीहरुको हौसला बढाएको हो ।
२०७७ सालबाट पथरी शनिश्चरे नगरपालिकाले यो कोषको स्थापना गरि परिचालन गरेसंगै बाली विज्ञान अध्यान गर्ने विद्यार्थीहरु मध्ये १६ जना लाभन्वीत भइसकेका छन । अहिलेसम्मा १३ लाख २५ हजार ५ सय परिचालन भइसकेको छ ।

विद्यालयका प्रधानध्यापक जानुका चेम्जोङ ।
नेपाल कृषि प्रधान देश भएकोले बाली बिज्ञान उच्चतम विषयगत शिक्षा हो । बाली विज्ञान डिप्लोसम्मा अध्यान गर्न १ लाख ७८ हजार रुपैयाँ कलेज फि लाग्ने र अध्यान पूरा गरि विद्यार्थीले कमाई गर्न थालेपछि घुम्तीकोषबाट लिएको रकम क्रमागत रुपमा बुझाउँदै लानुपर्ने नीति रहेको विद्यालयका प्रधानाध्याक जानुका चेम्जोङले जानकारी दिइन ।
यसै विद्यालयबाट दोस्रो सेमेष्टरमा पथरी शनिश्चरे ८ का शुशिल थारु ८५ प्रतिशत ल्याएर कोशी प्रदेश प्रथमको नतिजा ल्याएका थिए ।
विद्यालयका सहायक प्रधानाध्यपक तथा सुचना अधिकारी सैलेन्द्र बस्नेतका अनुसार छिमेकी पालिकाहरु कानेपोखरी गाउँ पालिका, बेलबारी नगरपालिका, सुनबर्सी नगरपालिका, केराबारी गाउँ पालिका, लेटाङ नगरपालिका र मिक्लाजुङ गाउँ पालिकासंग समन्वय गरेर बाली विज्ञान पढ्न इच्छुक विद्यार्थी भर्ना अभियान संचालन गर्ने जानकारी दिए । पालिकाले तोकेर पठाएका एक जना विद्यार्थीलाई छात्रवृति समेत प्रदान गर्ने सुचना अधिकारी बस्नेतले जानकारी दिए ।

विद्यालयका सहायक प्रधानाध्यपक तथा सुचना अधिकारी सैलेन्द्र बस्नेत ।
विद्यालयमा दक्ष प्राविधीक जनशत्ती, शिक्षक तथा प्रशिक्षकबाट कक्षा संचालन गरिरहेको र प्रविधीयुत्त कृषि औजारहरुबाट प्रयोगात्मक शिक्षण सिकाई हुने हुने जनाइएको छ । यस्तै बाली विज्ञान कार्यक्रम संयोजक चेतन पौडेलका अनुसार रोजगारीयुत्त शिक्षण सिकाई पद्धती अन्तरगत यो विषय रहेको बताएका छन । यस कार्यक्रमको लागी पथरी शनिश्चरे नगरपालिकाबाट आर्थिक भौतिक र नैतिक सहयोग भएकै कारण सफल भइरहेको बताए ।

बाली विज्ञान कार्यक्रम संयोजक चेतन पौडेल ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट २ वटा ४ कोठे भवनहरु निर्माण भएको हुनाले शिक्षण सिकाइमा सहजता भएको कार्यक्रम संयोजक पौडेलको भनाई रहेको छ । यस कार्यक्रम संचालनको लागी विद्यालय ब्यवस्थापन समिति विद्यालय प्रशासन र शिक्षकहरुको महत्वपूर्ण भूमिका रहेको पौडेलको भनाई रहेको छ । हाइवे भन्द केही तल विद्यालय रहको हुनाले केही असहजता रहेपनि कृषि शिक्षण अन्तरगत प्रयोगात्मक सिकाइको लागी पर्याप्त जग्गा र रहेको हुँदा सहजता हुने कार्यक्रम संयोजक पौडेलको भनाई रहेको छ ।

भागिरथ माविको भवन
विद्यार्थीले शिक्षण सिकाइबाट उत्पादन भएको अन्न र तरकारी बाली बेचेर आम्दानी गर्ने गरेको र उत्त आम्दानी प्रति विद्यालय प्रशासनको हकदावि नगरेको समेत प्रधानाध्यपक चेम्जोङको भनाई रहेको छ ।
पथरी शनिश्चरे नगरपालिका वडा न. ४ कार्यालयले ४ जना विद्यार्थीहरुलाई पूर्ण छात्रवृति प्रदान गरेको छ । पालिकाको १० वटा वडाले नै छात्रवृति कार्यक्रम संचालन गरे अझ राम्रो हुने अवस्था रहेको कार्यक्रम संयोजक पौडेलको बुझाई रहेको छ ।

प्रयोगात्मक सिप सिकाई क्षेत्रमा शिक्षक शिक्षिकाहरु ।
रहेछ । कलेज फि मात्रै छात्रवृती हा । खान बस्नचाहीँ स्वयम विद्यार्थीले नै ब्यहोर्नु पर्ने हुन्छ ।
२०३५ सालमा प्राथमिक तहबाट स्थापना भएको विद्यालय २०४२ साल देखी निमावि र २०५१ देखी माध्यमिक तहका कक्षा संचालन भएको थियो ।
यस विद्यालयमा हाल ७ सय ५० जना विद्यार्थीहरुले अध्यान गरिरहेको तथ्याङक छ ।

प्रयोगात्मक सिप सिकाईको लागी तयारी गरिएको माछापोखरी । तस्वीरहरु तिम्मा न्यूज






