पथरी । आज मंगलबार पथरी शनिश्चरे नगरपालिकामा कोशी टप्पु जग्गा सट्टाभर्ना समस्या समाधान गर्ने उदेश्यले जनप्रतिनिधि तथा राजनैतिक दलका प्रतिनिधिहरु विच छलफल कार्यक्रम भएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख प्रेमप्रसाद भट्टराई, कोशी टप्पु जग्गा सट्टाभर्ना उस समितिका संयोजक मधु सुदन अधिकारी, सदस्य सचिव कृष्णप्रसाद सापकोटा, सदस्य लालबहादु सुस्लिङ मगर सहितको टोली पथरी शनिश्चरे नगरपालिकाका जनप्रतिनिधी तथा राजनितिक दलका प्रतिनिधीहरु बिच छलफल सम्पनन भएको हो ।
कार्यक्रमका अध्यक्ष तथा पथरी शनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्वापोले समस्या समाधन गर्न जनप्रतिनिधिले मात्र सम्भव नहुने भएकोले यसको समाधानका लागि सबै लागिपर्नु पर्ने बताएका थिए ।
छलफलले नगरपालिका क्षेत्रमा रहेको कोशी टप्पु जग्गा सट्टा भर्ना समस्या सम्वन्धमा बसोबासी तथा जग्गा धनी दुवै पक्षको समुचित व्यवस्थापन एवं दीर्घकालीन समस्या समाधानका लागि आवश्यकता अनुसार समितिका पदाधिकारी तथा सम्वन्धित कार्यालयका कर्मचारीहरुलाई स्थलगत भ्रमण, जग्गाको रेखाङ्कन÷नापजाँच गर्न प्रतिनिधि, राजनैतिक दलका स्थानीय प्रतिनिधिहरुले आवश्यक सहयोग तथा समन्वय गर्ने निर्णयहरु भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया