
काठमाडौँ । प्रतिनिधि सभाका सदस्य डा. सुनिल कुमार शर्मा बिरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र र सरकारी छाप, कागजात किर्तेको आरोपको मुद्धा पुष्टी हुन नसकेपछि मुद्दा नचल्ने भएको छ ।
सांसद शर्माले एमबिबिएस पढ्दा पेस गरेका आईएससीको प्रमाणपत्र शङ्कास्पद रहेको भन्दै सीआईबीले अनुसन्धान गरिरहेको र उत्त मुद्धा पुष्टी हुन नसक्ने ठहर गर्दै मुद्धाको फाइल फिर्ता गरेको हो ।
२०८० साउन २५ गते डा. शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेर अदालतमा साउन २६ गते थुनामा राख्न अनुमति नदिई रिहा गर्न आदेश दिएको थियो ।
अन्तर्राष्ट्रिय आधिकारिक निकायले दिएको प्रमाण पत्रलाई नक्कली भनेर मुद्दा चलाउन नसकिने सरकारी वकिल कार्यालयको ठहर गरि मुद्धा नचलाउने गरी महान्यायाधिवक्ताको कार्यालयमा फाइल पठाइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिएका छन । त्यहाँबाट अन्तिम निर्णय हुन बाँकी रहेको पनि जनाइएको छ ।
मोरङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद शर्मालाई यसअघिको सरकारविरुद्ध अभिव्यक्ति दिएकै नेपाली कांग्रेसका सांसद शर्मामाथि लगाइएको थियो । तर उनले सम्बन्धित निकायबाट समेत आफ्ना कागजात झिकाएर अदालतमा पेश गरेका थिए ।






