
पथरी । पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा निजी रुपबाट काम गर्दै आएका सम्पूर्ण पशु चिकित्सकहरुले नगरपालिका कार्यलयमा दर्ता हुनु पर्ने भएको छ ।
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन २०७९ तथा नियमावली २०८१ वमोजिम निजी रुपमा ब्यवसायीक ढंगले संचालनमा रहेको पशु चिकित्सकहरु अनिवार्य रुपमा नगर परिषद्धमा दर्ता भएर कार्य संचालन गर्नुपर्ने भएको हो ।
हिजो साउन १५ गते पथरी शनिश्चरे नगरपालिकाको पशुपंक्षी तथा मत्य विकास शाखाद्वारा आर्थिक वर्ष २०८१÷०८२ को विभिन्न पशुपंक्षी सम्वन्धी योजना तथा कार्यक्रम एवं नगरका निजी पशु स्वास्थ्यकर्मीहरुसँग विभिन्न विषयमा छलफल गरिएको थियो ।
छलफलमा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई सहित पशुपंक्षी शाखामा कार्यरत टिमको बैठकले कृत्रिम गर्भाधान गरे वापत पहिलो पटक गर्दा रु. ४ सय र सोहीलाई दोहोर्याउँदा ३ सय वापत यातायात खर्च पशु स्वास्थ्यकर्मीले लिने निर्णय समेत नगरका पशु चिकित्सक सवल पोखरेलले जानकारी दिए ।





