पथरी । शान्ति सामुदायिक वन उपभोत्ता समुहले आयोजना गरेको ३ दिने प्रभावकारी भाषण तथा उदघोषण तालिम पथरी शनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले उदघाटन गरेका छन ।
आज बिहीबार पथरी शनिश्चरे २ को साल्पा होटलको कार्यक्रम हलमा नगर प्रमुख तुम्बापोले कार्यक्रमको उदघाटन गरेका हुन ।
पथरी शनिश्चरे नगरपालिका वडा न. १ मा स्थापित शान्ति सामुदायिक वन उपभोक्ता समुह भित्रका २९ जना महिलाहरुलाई शसक्तीकरण गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको जनाएका छन ।
आज उदघाटन भएको कार्यत्रक्रम साउन १८ र १९ गतेसम्मा संचालन गरिने आयोजक संस्थाका कार्यालय सचिव हेमा चाम्लिङ राईले जानकारी गराइन ।
मञ्जरी घिमिरेले ३ दिनसम्मा सहजीकरण गर्ने कार्यक्रमको उदघाटन सत्रमा निवर्तमान अध्यक्ष केबि गुरुङ डाँस मोरङगी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मदन पोखे्रल, साुदायिक वन उपभोत्ता महासंघ नेपाल पथरी शश्चिरे नगर समितिका अध्यक्ष मैना आचार्य फुयल, सव डिभिजन वन कार्यालय पथरीका प्रमुख त्रिभुवन शाह इप्रका पथरीका प्रमुख मोहन विक्रम दाहाल पथरी शनिश्चरे नगरपालिका वडा न. १का वडा अध्यक्ष भिम राई सहितको उपस्थिती रहेको थियो ।
समुहका अध्यक्ष कुलमणि गुरुङको अध्यक्षतामा संचालित कार्यक्रम सचिव अनिता थापाले संचालन गरेकी थिइन ।

तपाईको प्रतिक्रिया