
पथरी । श्री शान्ति सामुदायिक वन उपभोक्ता समुह पथरी शनिश्चरे १ ले आयोजना गरेको ३ दिने प्रभावकारी भाषण तथा उदघोषण तालिम कार्यक्रम सम्पन्न भएको छ ।
होटल साल्पाको सभाहलमा साउन १७ गते बिहिबार उद्घाटन भएको कार्यक्रम आज साउन १९ गते शनिबार ३ दिनसम्मा संचालन भएर सम्पन्न भएको हो ।
समुहको महिला सदस्यहरुलाई शसक्तीकरण गराउने उदेश्यले आयोजना गरेको उत्त कार्यक्रममा २९ जनाले सहभागिता जनाएका थिए ।
मञ्जरी घिमिरेले सहजकरण गरेको यस कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका पुर्व उपप्रमुख यमुना बिष्ट बास्तोला, वर्तमान कार्यपालिका सदस्य वीरध्वज शिवा, पथरी शनिश्चरे १ का वडा अध्यक्ष भिम कुमार राई, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, समुहको पुर्व अध्यक्ष कुल बहादुर गुरुङको मैना फुयाल आचार्य
उपस्थिति रहेको थियो ।
समुहका अध्यक्ष कुलमणि गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सचिव अनिता थापाले संचालन गरेकी थिइन ।







