विजय खम्बु
पथरी । पथरी शनिश्चरे १ मोरङमा रहेको सुनाखरी माविले अंग्रेजी माध्यमलाई विशेस ध्यान दिएर शिक्षण सिकाइका क्रियाकलाप अगाडी बढाउने निति लिएर काम गरिरहेको छ ।
विद्यालयसंग भएको स्रोत, साधन र जनशत्तीलाई नै सदुपयोग गर्दै अंग्रेजी माध्यमबाट शिक्षण सिकाई बिशेस ध्यान दिएर लागि रहेको हो ।
समाजमा अंग्रेजी विषयप्रति बढी आर्कषण रहेको र अभिभावकहरुको माग र बजारको स्थितीलाई मुल्याङकन गर्दै अंग्रेजी विषयप्रति केन्द्रित भएर काम गर्नुपर्ने अवस्था रहेको सोही विद्यालयकी प्रधानाध्यापक भुमिका देवी मगरले बताइन ।
विद्यार्थीलाई रमाइलो वातावरणमा पढदै सिक्ने बिधी अपनाएर काम गरिरहेकोले आफुहरु सफल हुने निश्चित रहेको प्रधानाध्यापक मगरसंग आत्माबिश्वस रहेको छ ।


रिजल्ट राम्रो निकाल्न विद्यार्थीले नै बढी मिहेनत गर्नुपर्ने र त्यसको लागी शिक्षण सिकाइ महत्वपुर्ण हुने भएकोले कक्षा ८, ९ र १० लाई कोचिङ कक्षाहरु संचालन गरिरहेको छ । कोचिङलाई अनिबार्य बनाउदा विद्यार्थीको ध्यान मोवाइल भन्दा टाढा रहने भएको हुँदा विद्यार्थीको पढाइमा समेत उपलब्धी हुँदै गइरहेको प्रधानाध्यापक मगरको दावी गरिन । अहिले बिहान बेलुकाको समयमा नै कोचिङको ब्यवस्था गरिएको हुँदा पढाइमा सुधार भइरहेको छ शिक्षक टिम पनि ध्यान केन्द्रित गरेर लागी परिरहेको प्रधानाध्यापक मगरको भनाई रहेको छ ।
हाम्रो शिक्षक टिम मुख्य रुपमा एकमत भएर काम गरिरहेको हुँदा पनि विद्यार्थीको शिक्षण सिकाइलाई थप मजबुद बनाउदै विद्यार्थीको भविष्य उज्वल बनाउने कुरामा निरन्तर प्रयत्न गरिरहने प्रतिबद्धता पनि ब्याक्त गर्दछौं, प्रधानाध्यापक मगरको तर्क छ । कक्षा नर्सदेखी कक्षा १० मा रहेको यस विद्यालयमा करिब १७० बढी बिद्यार्थीहरु अध्यान गर्दछन । ३ बिघा १७ कठ्ठा जग्गा विद्यालयको नाममा रहेको छ ।
मुख्यत विद्यार्थीको अभिभावकसंग समन्वय गर्न घरदैलो अभियानलाई तिब्रता दिने योजना रहेको छ । विद्यालयको मुल पुँजीको रुपमा रहेको १८ लाख ७६ हजार रुपैयाको अक्षयकोषले सहजता भएको प्रधानाध्यापक मगरको भनाई रहेको छ ।
१८ लाखको कोष बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष प्रदिप कुमार राईको पहलमा स्थापना भएको हो भने ७६ हजार रुपैयाँको अक्षयकोष पूर्व विद्यार्थीहरुले स्थापना गरिदिएका हुन ।
यि सबै क्षेत्रलाई सफल बनाउन पूर्व प्रधानाध्यापक नरेन्द्र घिसिङ र बि. ब्य. स. अध्यक्ष प्रदिप कुमार राईको मुख्य सहयोग रहेकोले योजना मुताबिक काम हुनेमा बिश्वस्त रहेको प्रधानाध्याक मगरले बताइन । नेपाल सरकारले उपलब्ध गराउदै आएको खाजा खर्च १५ रुपैयाँ अपुग भइरहेको बताउदै स्थानिय सरकारले यस विषयमा ध्यान पुर्याए सामुदायिक विद्यालयहरुमा अझ आर्कषण बढेर जाने प्रधानाध्यापक मगरको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया