पथरी । इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले एक जना ब्याक्तीलाई लोपोन्मुख सरिसृप जन्तु टोके सहित एक जनालाई पक्राउ गरेको छ ।
हिजो २५ गते कानेपोखरी पथरी सडक खण्डमा चेक जाँच गर्ने क्रममा सुन्दरहरैँचा नगरपालिका ११ बस्ने वर्ष ४० को दिपककुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्र.०१–०२–०४४ प ५४७७ नम्बरको मोटरसाइकल सहित पक्राउ परेका चौधरीलाई कानुनी कारबाही प्रक्रियाको लागी इलाका प्रहरी कार्यालय पथरीले सव डिभिजन वन कार्यालय कानेपोखरी पठाएको प्रहरीले जनाइएको छ । तस्वीर इप्रका पथरीबाट उपलब्ध भएको

तपाईको प्रतिक्रिया