पथरी । पथरी नगर अस्पतालका कर्मचारी पेमलाल लिम्बु (प्रेम) ले अबैध रुपमा मेडिकल संचालन गरेको खुलेको छ ।
पथरी नगर अस्पतालमा जनस्वास्थ्य निरिक्षक अधिकृत स्तर छैठौं पदमा कार्यरत लिम्बुले पथरी शनिश्चरे नगरपालिका वडा न. ७ बकैनाडाँडा स्थीत आफ्नै घरमा अबैध ढंगबाट मेडिकल संचालन गरिरहेको खुलेको हो ।
हिजो श्रावण ३० गते बुधबार पथरी शनिश्चरे नगरपालिका कार्यालय उप–प्रमुख देविमाया काफ्लेको नेतृत्वमा गएको अनुगमन टोलीले अबैध ढंगबाट संचालित औषधी पसल सिलबन्दी गरेको थियो ।
अस्पतालको कर्मचारीले कानुन अनुसार रित नपुर्याई मेडिकलमा २ वटा बेड राखेर उपचार पनि गर्ने गरेको हुँदा अहिले पथरी बजारमा संसय मच्चाएको छ ।
लिम्बुकै मेडिकलबाट नै नियमित औषधी खाने गरेको र नियमक निकायको अनुगमन क्रममा मेडिकक सिल गरेपछि आफुलाई त्रसादी भएको एक सेवाग्राहीले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन ।
यस्तै पथरी शनिश्चरे वडा नं. ९ को पुलचौकको देवराज आचार्यको औषधि पसलमा पनि सिलबन्दी गरेको जनाएको छ । अनुगमन टोलीका सदस्य तथा औषधि ब्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत अनिल परियारका अनुसा दुबै जनाको मेडिकल दर्ता प्रमाण–पत्र नभएको र मिति सकिएका औषधिहरु पसलमा भेटिएकोले सिलगरिएको जानकारी दिए ।
पथरी शनिश्चरे नगरपालिका वडा नं. ६ को भातेगौडामा रहेको औषधि पसल र वडा नं. ४ को सम्झना चौकमा रहेको औषधि पसल हेमराज चन्द्रवंशीले सञ्चालन गरिरहेको खुल्न आएको छ । दुवै स्थानका औषधि पसलमा सिल गरिएको छ । सो अनुगमनमा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख मोहन विक्रम दाहाल, नगरका स्वास्थ्य शाखाका सिअहेव एकराज खत्री, जनप्रतिनिधिहरु, सञ्चारकर्मीहरु र नगर प्रहरीको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया