
इलाका प्रहरी कार्यालय पथरीका प्रमुख मोहन विक्रम दाहाल । तस्वीर तिम्मा न्यूज
पथरी । लागुऔषध बिरुद्धमा इलाका प्रहरी कार्यालय पथरी संचालन गरिरहेको अभियानले सफलता पाउँदै गएको छ ।
“एन्टी ड्रगिस फायर” नामको अभियान संचालन गरेको इलाका प्रहरी कार्यालय पथरीको अभियानले सफलता पाउँदै गएको हो ।
श्रावण ७ गते इलाका प्रहरी कार्यालय पथरी प्रमुखको जिम्मेवारी सम्हालेर आएको डिएस्पी मोहन विक्रम दाहालले आगु औषध बिरुद्धको अभियान सुरु गरेका थिए ।
अहिलेसम्मा लागुऔषध कारोबार र ओसार स्रसारमा संलग्न भएका १४ जनालाई मुद्धा दर्ता गरिसकेको इलाका प्रहरी कार्यालय पथरीको मुद्धा फाँटमा कार्यरत इन्सपेक्टर ब्रम्हादेव शाहले जानकारी दिए ।
लागुऔषध प्रयोगकर्ताहरु ६ जनालाई सुधार केन्द्रमा पठाएको र ५२ जना प्रयोगकर्तालाई सम्झाई बुझाई अभिभावक तथा आफन्तको जिम्मा जमानीमा छोडीएको इन्सपेक्टर शाहले जानकारी दिए ।
लागु पदार्थ तथा मादक पदार्थ सेवन गरेर हो–हल्ला गर्दै सडकमा हिंडिरहेको अवस्थामा भेटिए नियनत्रणमा लिएर किटजन्य पदार्थको सहायताले चेक गरि कारबाही प्रकृया अगाडी बढाउने इप्रका पथरीका प्रमुख मोहन बिक्रम दाहालले बताए ।






