
पथरी । इलाका प्रहरी कार्यालय पथरीले एक युवालाई लागु औषध सहित पक्राउ गरेको छ ।
हिजो श्रावण ३० गते बिहान करिब ९ः३० बजेको समयमा पथरी शनिश्चरे नगरपालिका वडा न. ४ बस्ने वर्ष ३२ को सिमन परियारलाई ट्रमाडोल ११० पत्ता (११०० चक्कि) र डिकोलिक ३३ बट्टामा २० पिसको दरले ६६०० चक्कि गरी जम्मा ७ हजार ७ सय चक्कि सहित पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएस्पी मोहन बिmम दाहालको कमाण्डमा रहेको टोली परियारलाई पक्राउ गरेको थियो ।
सुनबर्सी नगरपालिकाको अमरदहबाट हसन्दह तर्फ आउदै गरेको को २ ह १६१५ नम्बरको अटोमा लागुऔषध सामग्र ल्याउदै गरेको सुचनाका आधारमा खोजी गर्ने क्रममा प्रहरी देख्नसाथ लागुऔषधको पोका फ्याकेर टेम्पु भगाएका थिए ।
परियार टेम्पोलाई निलो त्रिपालले आफ्नै घरमा छोपि राखेको अबस्थामा प्रहरी टोलि र अ.प्र.पोष्ट किर्तिपुरबाट प्र.स.नि. राम देव मेहेता सहितको टोलीले अटो चालक परियार र अटो सहितलाई नियन्त्रमा लिएर ईप्रका पथरीमा राखेर अनुसन्धान भइरहेको जनाइएको छ । तस्वीर स्रोत इलाका प्रहरी कार्यालय पथरी






