
पथरी । अरनिको हस्पीटल प्रा.ली. उर्लाबारीले पथरी बहुमुखी क्याम्पसमा अध्यानरत विद्यार्थीको उपचारमा सहयोग गर्ने गरि सम्झौता भएको छ ।
आज श्रावण ३२ गतेको दिन हस्पीटल संचालक लोलिम पोमु र पथरी बहुमुखी क्याम्पसको स्ववियू सभापति केशर राईले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
सम्झौता पत्रमा उल्लेख भए अनुसार डाक्टर फि पूर्णरुपमा निशुल्क रहने, बेडचार्ज २० प्रतिशत छुट, लाइबोटोरी चार्ज १५ प्रतिशत, अप्रेशन चार्ज १० प्रतिशत र फार्मेसीमा ७ प्रतिशत छुट हुनेगरि सम्झौता भएको जनाइएको छ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा स्ववियू सचिव भुपाल खतिवडा, स्ववियू सदस्यहरु गंगाराम शाह, विद्यार्थी अमित कार्की सहितको सहभागिता रहेको थियो ।





