
पथरी । पथरी शनिश्चरे २ बुद्धचौक मोरङमा निमाम फ्रेस जुस हावसको स्थानिय युवा किमजो राईले संचालनमा ल्याएका छन ।
हिजो भदौ २ गतेबाट करिब ४ लाख ५० हजार रुपैयाँ लागतमा युवा ब्यवसायी राईले जुस हावस संचालनमा ल्याएका हुन ।
अनार, स्याउ, खर्बुजा, कोला, आँप, कटहर, ड्राइगन फुट र स्टेबरी लगायत फलफुलहरुको जुस ग्राहकको अर्डर अनुसार बनाएर दिने गरि जुसहावस संचालनमा ल्याएको संचालक राईले बताए ।
जुसको मूल्य भने फलफुलको मुल्य अनुसार निर्धारण गरेर प्रति ग्लास १ सय रुपैयाँको दरले बिक्री गरिरहेको संचालक राईको भनाई रहेको छ ।






