
पथरी । खोजकर्ता दीपेन्द्रराज तिम्सिनाले पछाडि बोक्ने झोलामा अहिले गुमनाम एक इतिहास ‘बिसे नगर्ची’ को विषयमा आफैले लेखेको पुस्तक बोकेर बजारमा बेचिरहेको भेटिन्छन ।
११ वटा खोज मूलक पुस्तक लेखन तथा प्रकाशन गरिसकेका खोजकर्ता तिम्सिनाको ‘बिसे नगर्ची’ १२ औं पुस्तकको रुपमा ‘बिसे नगर्ची’ पाठकको हातहातमा ल्याएर आइ पुगेका हुन ।
यस अगाडि खोज मुलक सामग्रीले भरिएका पुस्तक बिक्रीबाट जेनेतेने खर्च उठाउँदै आएको खोजकर्ता तिम्सिनाले तिम्मा न्यूजसंगको भेटमा जनाए ।
बजारमा पठाउँदा व्यापारीले कमिसनको कुरा बढी गर्ने भएकोले आफैले पुस्तक बेचिरहेको तिम्सिनाको भनाई रहेको छ । ‘बिसे नगर्ची’ पुस्तक तयारी गर्दासम्म जम्मा १ लाख ५० हजार रुपैयाँ बढी खर्च भएको खोजकर्ता तिम्सिनाले जनाए ।
२०७४ देखी यता खोज मुलक पुस्तक लेखन अभियानमा छु, तिम्सिनाले दैनिक ३ घण्टाको समय पुस्तक आवश्यक सामग्रीको लागी अन्य पुस्तकहरु पढने गरेको बताउँछन । फौद कार्की बेलडाँगी झापा हाल अमेरिका र सागर क्षेत्री पथरी शनिश्चरे हाल अमेरिकाले ‘बिसे नगर्ची’ पुस्तक प्रकाशनमा सहयोगीको भूकिा निर्वाह गरेका छन । ४९ वटा शिर्षकमा तयारी गरिएको खोज मुलक लेखहरु संग्रहित यस पुस्तक १४१ पेजमा तयार भएको छ ।

लिला निरौला तिम्सिनाले प्रकाशन गरेको पुस्तकको भाषा शुद्धाशुद्धी रोहिणीप्रसाद घिमिरेले हेरेका हुन । दमक श्रष्टा छापाखानामा मुद्रण्न गरिएको र आवरण लेआउट डम्बर तुम्बापो ‘बुद्ध’ ले गरेका हून ।
खोजकर्ता तिम्सिनाले रमाइलो झोडा काण्ड, हवाई दुर्घटना, सहकारी विषय सम्बन्धी पुस्तकहरु प्रकाशन उन्मुख रहेको बताए ।
खोजकर्ता तिम्सिनालाई सामुदायिक वन उपभोक्ता महासंघ मोरङ २०६५, अरुणोदय अंग्रेजी बिद्यालय पथरी शनिश्चरे १० मोरङ २०६६, नेपाल जेसीज २०७४, पथरी जेसीज २०७४, पथरी उद्योग वाणिज्य संघ, तिम्सिना समाज मोरङ जिल्ला २०७९, प्याब्सन पथरी शनिश्चरे नगर समिति, भुपु सैनिक बोर्डिङ पथरी शनिश्चरे १ मोरङ, २०७९ फागुन १९, बालनमुना वोर्डिङ पथरी शनिश्चरे १० मोरङ २०७९, तिमिल्सिना समाज कोशी प्रदेश २०८० र पथरी शनिश्चरे, नगरपालिका १ नं वडा कार्यालय २०८० बाट सम्मानित भइसकेको छन ।






