
अष्टलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्ष दुर्गा सुवेदी दंगाल । तस्वीर तिम्मा न्यूज
विजय खम्बु
पथरी । अष्टलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. पथरी शनिश्चरे नगरपालिका १ मोरङमा महिलाहरुले सफल रुपमा संचालन गरिरहेको संस्था हो ।
महिलाहरुलाई गोलबद्ध गर्दै आर्थिक तथा सामाजिक रुपमा स्थापित गराउदैं लाने मुख्य उदेश्य सहित २०६२ साल स्थापना गरि २०६३ वैैशाख २९ गते विधिवत रुपमा दर्ता गरेर संचालन भई रहेको छ ।
पूर्व शिक्षिका विना राईको घरमा ३६ जना महिलाहरु भेला भई पहिलो बैठक बसेर अष्टलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको जन्म भएको थियो ।
जवान बनेको अष्टलक्ष्मी साकोसमा हाल २ हजार २४ जना महिला शेयर सदस्यहरु गोलबद्ध छन । सहकारी ऐन, नियम र कानुन अनुसार संचालनमा रहेको यस संस्थाको संचालक समिति, शेयर सदस्य र कर्मचारी सबै महिला छन ।
२०७५ भदौ २३ गतेबाट आफ्नै कार्यालय भवनबाट सेवा दिइरहेको यस संस्थाले धितो मूल्याङकनको आधारमा २१ लाख रुपैयाँसम्म सदस्यहरुलाई ऋण लगानी गरिरहेको छ । राष्ट्रिय सहकारी बैंक, जिल्ला वचत संघ, जिल्ला सहकारी संघ र नेफ्स्कून लगायतमा संस्थाहरुमा अष्टलक्ष्मीको अवद्धता छ ।
१३ करोड ८० लाख ३४ हजार ६ सय ९३ रुपैया ६५ पैसा कूल पुँजी रहेकोमा १४ लाख १७ हजार ६ सय ४० रुपैयाँ ऋण लगानी रहेको संस्थाकी व्यावस्थापक बिमला घिमिरेले जानकारी दिइन ।
व्यवस्थापक घिमिरेले जानकारी दिए अनुसार कूल निक्षेप वचत १० करोड ५१ लाख १९ हजार १ सय १ रुपैयाँ ५० पैसा रहेको र शेयर पुँजी १ करोड ४४ लाख ८६ हजार ४ सय रहेको छ । जगेडा कोष सहित अन्य कोष हिसावमा १ करोड ७९ लाख ५५ हजार ६ सय ६३ रुपैयाँ ४४ पैसा रहेको जनाइन ।
महिलाहरुलाई सामाजिक जिम्मेवारी सहित आर्थिक रुपमा समृद्ध बनाउने हेतुले स्थापना गरेको यस संस्थाले शेयर सदस्यहरुको माग अनुसार ब्यूटीसियन, बुटिक, न्यूटीसियन, सिलाई कटाई, गुडिया बनाउने, मोतिमाला सेट बुन्ने, उदघोषण तालिम, र सहकारी सदस्यता शिक्षा तालिमहरु संचालन गरिसकिएको संस्थाकी अध्यक्ष दुर्गा सुवेदी दंगालले बताइन ।
७० वर्ष उमेर पुगेका जेष्ठ सदस्यहरुलाई मासिक ३ सय रुपैयाँको दरले भत्ता लिने २५ जना रहेको अध्यक्ष दुर्गा सुवेदी दंगालले जानकारी दिइन । जेष्ठ सदस्यहरुलाई यस वर्ष तिर्थटन गराउन मुक्तिनाथ लगिएको थियो ।
सदस्यको २ सन्तानसम्म सुत्केरी भत्ताको व्यवस्था गरिएको, गरिव तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृति प्रदान गर्ने गरेको, सदस्यको परिवारमा मत्यु भएमा सहयोग रकम सहित समावेदना लिएर परिवार भेटन जाने र सदस्यको मृत्यु भएमा नगद १० हजार रुपैयाँ राहत रकम र समावेदना पत्र सहित संचालक समिति जाने सिस्टम रहेको अध्यक्ष सुवेदी दंगालले जानकारी दिइन ।
सहकारीको मुल्य मान्यता अनुसार संचालन भइरहेको अष्टलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.लाई भाविदिनमा सदस्यको हितमा रहेर महिलाहरुको प्यारो र अब्बल संस्था बनाउने लक्ष्य रहेको अध्यक्ष दुर्गा सुवेदी दंगालले बताइन ।
अध्यक्षको ब्याक्तित्व
२०२९ फागुन ११ गते पथरी शनिश्चरे ३ मोरङमा जन्मीएकी दुर्गा सुवेदी दंगालले पथरी शनिश्चरे ३ को जनता माविबाट २०४५ सालमा एसएलसी उतिर्ण गरेकी हुन । एमए एमएड अध्ययन पूरा गरेकी दर्गाको २०४९ सालमा स्थानिय टिका प्रसाद दंगालसंग मागी बिवाह भएको थियो । १ छोरा इन्जीनियर मनोज दंगाल र एटिसि अफिसर सातौं तहको अधिकृत छन भने छोरी बालरोग बिशेषज्ञ डा. मोनिका दंगाल अहिले चितवन मेडिकल कलेज भरतपुरमा एमडि गर्दैछिन ।
ब्यवसायिक रुपमा न्यू प्यागोडा माविको संचालक हुन ।











