पथरी । पूर्वअञ्चल विश्व विद्यालयमा भइ रहेको उपलब्धीलाई रोक्न केही शक्ति लागी परेको सङघिय सांसद डा. सुनिल कुमार शर्माले बताएका छन ।
आज भदौ १४ गते शुक्रबार पथरी शनिश्चरे नगरपालिका २ मा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा नेपाली कांग्रेस पार्टीको क्षेत्रीय समितिले आयोजना गरेको अन्तरक्रिया तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो कुरा बताएका हुन ।
निर्वाचन जितेर गएको ३ महिना भित्र पूर्वअञ्चल विश्व विद्यालय संचालन गर्ने निर्णय गरेको स्मरण गर्दै यसवर्ष देखीनै एमविविएस पढाई संचालन गर्ने गरि काम भइरहे पनि यसलाई असफल पार्नको लागी केही शक्तिहरु लागी रहेको बताएका थिए ।
सोही कार्यक्रममा पथरी डाइनियाँ सडक खण्ड अन्तरगत लामाटोलीदेखी बाटो निर्माणको लागी बजेट परिसकेको जनाएका छन । वर्षमान पुन अर्थमन्त्री भएको बेला प्रदेश सांसद गिता तिम्सिना सहित आफुहरुले निवेदन दिएको आधारमा यो बजेट परेको सांसद शर्माले बताएका थिए ।
पथरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति, बक्राखोला टटबन्धन लगायत बिभिन्न शिर्षकमा मोरङ क्षेत्र न. ३ भरि करिब १ अर्व जति बजेट आएको बताए ।
अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नको उत्तर दिंदै जनताको माग र चाहाना आनुसारको विकास निर्माणको काम गर्न नसकिए पनि सुकुम्बासी समस्या समाधान गर्न निस्सा वितरणको काम ठूलो उपलब्धी रहेको बताए । राज्यले वितरण गरेको निस्सा दोस्रो धनिपुर्जा बराबर नै भएकाले यसैको आधारमा धनिपुर्जा वितरण हुने सांसद डा. शर्माको भनाई रहेको थियो ।
अर्थमन्त्री प्रकाशरण महत अर्थमन्त्री भएको बेला मोरङ क्षेत्र न. ३ लाई सबैभन्दा बढी अन्याय गरेकाले झगडा परेको बताउदै पार्टीको केही नेतृत्व र प्रधानमन्त्री प्रचण्डले ७० दिनसम्म थुनाउने गरिको षड्यन्त्र गरेको बताए ।
भगवानको आशिर्वाद, सबैको शुभेच्छा, विपक्षीहरुले सदनमा उठेर रिहाइको माग र अदालतको आदेसले गर्दा षड्यन्त्र असफल भएको बताए ।
अब बेलबारीमा खानेपानीको समस्या समाधान गर्न विदेशी दातृ निकायसंग पहल गरिरहेको सांसद शर्माले जानकारी गराए ।
नेपाली भाषा सुद्धासुद्धी

तपाईको प्रतिक्रिया