पथरी । पथरी बहुमुखी क्याम्पसको उमेर अहिले १७ वर्षको हुँदैछ । “त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त” पथरी बहुमुखी क्याम्पस स्थानीय समुदायको अगुवाइमा निर्माण भएको थियो ।
पथरी बहुमुखी क्याम्पस निर्माण गरेर संचालन गर्नु अग्रजहरुको लागि फलामको चिउरा चिउरा चपाउनु सरह थियो । पथरीमा क्याम्पसको आवश्यक्तालाई महसुष गरेर वर्तमान पथरी शनिश्चरे नगरपालिका प्रमुख मोहन तुम्बापो, सभाषदद्धय चण्डीप्रसाद राई, सभाषद लालबहादुर सुस्लीङ मगर पूर्व पथरी गाबिसका अध्यक्ष, स्व. तिलक बान्तावा, पूर्व शनिश्चरे गाबिसका अध्यक्ष मोहन न्यौपाने, समाजसेवी वीर बहादुर बस्नेत, कृष्णा प्रसाद उप्रेती, प्रेम हुक्पा चोङबाङ, दिननाथ तिम्सीना, पर्शु मिश्र पंचायत माविका प्रधानाध्यापक तथा तत्कालिन क्याम्पस प्रमुख अर्जुन कुमार बुढाथोकी सहितको मुख्य भूमिका थियो ।
अग्रजहरुको योगदानको प्रतिफलको रुपमा २०६६ सालबाट स्नातक तहमा मानविकी र २०७५ माघ २ बाट एमएड २०७८ साउन ४ गतेबाट व्यवस्थापन सङ्कायमा एमबीएसको पठनपाठन भइरहेको छ ।
पथरी शनिश्चरे नगरपालिका वडा न. ३ की बिना घिमिरेले पथरी बहुमुखी क्याम्पसबाट नै बिबिएस चौथो वर्षको परिक्षामा सहभागि भइ ८५.८ अङक ल्याएर नेपाल प्रथम भएकी थिइन ।
लेटाङ नगरपालिका, उर्लाबारी नगरपालिका, सुनवर्सी नगरपालिका र कानेपोखरी गाँउपालिका मुख्य सेवा क्षेत्रको रुपमा रहेको यस क्याम्पसमा हाल ६ सय ३५ जना संख्या विद्यार्थीको भर्ना अनुमान गरेर २०८०÷०८१ को बजेट बनेको क्याम्पस प्रमुख तिम्सिनाले बताए ।


बिहान ६ बजेदेखी १०ः३० बजेसम्म कक्षा संचालन भइरहेको क्याम्पसमा जाँते, शनिश्चरे लाइन, किर्तिपुर लाइनमा निजी विद्यालय भुपू सैनिक अंग्रजी स्कुलसंगको सहकार्यमा यातायात सेवा संचालनमा छ ।
सरकारले पूर्ण रुपमा क्याम्पसलाई आफ्नो स्वामित्वमा नलिएको हुँदा आर्थिक अवस्था कमजोर भएकोले परिषद सदस्य विस्तार गर्ने गरि निर्णय भएको क्याम्पस प्रमुख तिम्सिनाको भनाई रहेको छ ।
क्याम्पस संचालनको लागि क्याम्पसलाई सबै समुदायको आवश्यक्ता रहेकोले यसका लागि सबैजनाले पहल गर्नु पर्ने क्याम्पस प्रमुख तिम्सिनाले अपिल गरेका छन ।
दक्ष र अनुभवी प्रध्यापकद्धरा शिक्षण सिकाई हुने, सबै कक्षाहरु मल्टिमिडियाबाट संचालन गरिएको, ब्यवस्थित पुस्ताकालय वाचलनलय तथा बुक कर्नर रहेको, शान्त शैक्षिक वातावरण रहेको आन्तरिक परीक्षा तथा पृष्ठपोषण र न्यूनतम शुल्कमा कम्प्युटर शिक्षा आप्mनै भवनबाट संचालनमा रहेको क्याम्पस प्रशासन जनाएको छ ।
विद्यार्थी कक्षा १२ उतिर्ण गरेपछि उच्च शिक्षाका लागि विदेश जाने भएको हुँदा यसले सामुदायिक क्याम्पसहरुलाई असर गर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया