पथरी । पथरी शनिश्चरे नगरपालिका ३ मोरङको जनता मावि शिक्षा क्षेत्रमा इतिहास बोकेको विद्यालय हो । पेल्टीमारी हंसेदुम्से, कोशिटप्पु र सर्दु जलाधार क्षेत्रबाट सट्टाभर्ना पाएर आएका विद्यार्थीहरुलाई पढनको लागी २०३६ पुस १ गते स्थापना भएको थियो ।
स्थापनाको ६ वर्षमा २०४२ सालबाट नै विद्यार्थीलाई एसएलसी परिक्षामा सहभागी गराउन थालेको हो । फडानी गरेर बसेको बस्तीमा स्थानिय तेजबहादुर थापा, दया सागर अधिकारी, संस्थापक प्रधानाध्यपक चण्डीराज चापागाँई र संस्थापक शिक्षक कृष्ण प्रसाद अधिकारी सहितका शिक्षासेवीको पहलमा स्थापना भएको यस विद्यालय अहिले ४५ वर्ष पुगेको छ ।
यस विद्यालयमा अध्यन गर्ने विद्यार्थी धेरै ठाँउ पुगेका छन भने यहाँको भौतिक संरचना र विकासले पनि अग्रगति लिएको छ । कक्षा नर्सरी देखी कक्षा १२ सम्मा ७५० जना विद्यार्थीले पढी रहेका छन ।
कक्षा ५ सम्मा अंग्रेजी विषयमा पढाई संचालन भइरहेको छ भने कक्षा ६ देखी कक्षा १२ सम्मा नेपाली र अंग्रेजी दुवै विषयमा २ सेक्सन छुट्टाएर कक्षा संचालन गरिरहेका विद्यालयका प्रधानाध्यपक पदम सापकोटाले जानकारी दिए ।
अव विद्यार्थीको सहजताको लागी यातायात सेवा संचालन गर्ने तयारी भइरहेको प्रधानाध्यपक सापकोटाको भनाइ रहेको छ । माथिल्लो कक्षामा अन्य स्कुलबाट पनि आउने तर साना कक्षामा विद्यार्थी भर्ना नहुने अवस्था आएकोले अब आउने सेसनदेखी बालमैत्री पूर्ण कक्षा संचालनको तयारी रहेको छ । सरकारको शिक्षा नितीमा ४ वर्ष उमेर पुगेका नानी मात्रै भर्ना गर्न पाउने भएको तर अभिभावकहरुले ३० महिनाका नानीको भर्ना गर्न ल्याएर आउने गरेको हुँदा अब यसको लागी तयारी गर्दै गरेको प्रधानाध्यपक सापकोटाको भनाई रहेको छ ।
सैदान्तिक कुरालाई निरन्तरता दिंदा भोलीको दिनमा सकस हुने अवस्था भएपछि त्यसलाई रोक्न बालमैत्रीपुर्ण कक्षा कोठा, खेलकुद सामग्री, सौचालय र तालिम प्राप्त शिक्षक राखेर कक्षा संचालन गर्ने तयारी भइरहेको छ, प्रधानाध्यपक सापकोटाले भने ।
अहिलेसम्म देखिएको मुख्य समस्या अभिभावक अंग्रेजी विषमा बढी चासो रहेको तर विद्यार्थीले कम चासो दिने अवस्थाले शिक्षण सिकाइमा नै समस्या रहेको भनाई छ ।

तपाईको प्रतिक्रिया